मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हमाललाई साडी भिराउन कै लागी 'शकुन्तला' जन्मियोः निर्देशक श्रेष्ठ (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/08/16
महानायकको उपाधि पाएका अभिनेता राजेश हमालले सयौँ फिल्म खेले । कतिमा एकै प्रकारको भुमिकामा देखिए  कतै केहि फरक पनि । तर पछिल्लो समय पर्दामा करियर धर्मराउँदै गर्दा हमालले खेलेका सयौं फिल्मको भन्दा पृथक अबतारमा देखिए, गुन्यू चोलो र साडीमा । 
 
दिनेश श्रेष्ठले निर्देशक गरकेो फिल्म 'शकुन्तला'मा राजेश हमाल महिला अबतारमा प्रस्तुत हुँदैछन् । भदौ १० मा रिलिज हुने फिल्मको विषयमा अनि हमाललाई साडी भिराउँदाको चुनौतीको वारेमा फिल्मीखबरसँगको रमाईलो कुराकानीमा निर्देशक श्रेष्ठले खुलेर जवाफ फर्काएका छन् । 
 
'शकुन्तला'मा महानायकलाई साडी भिराउनकै लागी कथा लेख्न सुरु गरेको भन्दै हमालसँगको पुरानो रिलेशनले फिल्ममा काम गरेको श्रेष्ठले बताए । उनले फिल्मको अभिनेता र अभिनेत्री नै हमाल रहेको भन्दै बाँकी कुरा फिल्म रिलिज पछि नै खुल्ने दाबी गरे । 
 
निर्देशक श्रेष्ठले हाल अमेरिकामा रहेका हमालको उपाधि महानायक शब्द मात्र बेचेर अथवा हमाललाई साडी भिराएर फिल्म चलाउन लागेको भन्दै बजारमा छरिएका टिप्पणीलाई ईङ्गित गर्दै कथाको आवश्यकता हेरेर काम गरेको बोले, 'यसमा धेरै बोल्दिन रिलिजपछि फिल्म हेर्नु जवाफ राम्रो पाउनुहुनेछ, श्रेष्ठको तर्क छ ।' 
 
फिल्म 'शकुन्तला'मा हमालसँगै किशोर खतिवडा, स्मृति श्रेष्ठ र अनु शा लिड रोलमा छन् । महेश्वर खत्री फिल्मका निर्माता हुन् ।