मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पशुपती प्रसाद निर्देशकलाई मन पर्दैन अवार्ड शैली (भिडियोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2016/08/15
सफल अनि चर्चित निर्देशक दीपेन्द्र के खनालले आफ्नो फिल्मी करियरमा थुप्रै अवार्ड हात पेरिसकेका छन् । उनै निर्देशक खनाल अवार्ड आयोजनाका सम्वन्धमा भने असन्तुस्ट देखिएका छन् । 
 
फिल्मीखबरसँगको कुराकानीमा दीपेन्द्रले खुलेर नै अवार्ड आयोजकका बारेमा असन्तुस्टी व्यक्त गरे । उनले बिधा थपेर अवार्ड गर्न भन्दा पनि स्तरियतालाई प्राथमिकता दिनसके राम्रो हुन सक्ने बताए । उनले मनोमानी ढङ्गले भन्दा पनि स्तरियताको आधारामा अवार्ड हुन सके दर्शकको मन जित्न सकिने धारणा राखे । 
 
पछिल्लो समय आयोजना भएको आठौं डि सिने अवार्डमा उत्कृष्ट निर्देशकको अवार्ड जितेपनि उनी अवार्ड आयोजकसंग भने असन्तुस्ट देखिए । दीपेन्द्रले अवार्डको बिषयलाई लिएर के-के भने त ? उनै दीपेन्द्रसँग गरिएको फिल्मी संवाद हेर्नुहोस् ।