मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.00/5.00)
Text size:-
+
-

`जय परशुराम` निर्माता रोज राणामाथी खुकुरी प्रहार, अवस्था गम्भिर

फिल्मीखबर, काठमाडौं, 2016/08/15
प्रदर्शनरत फिल्म 'जय परशुराम' निर्माता निर्देशक रोज राणामाथी खुकुरी प्रहार भएको छ । सोमबार साँझ ७ बजेर १५ मिनेट जाँदा मध्य बानेश्वरमा राणामाथी खुकुरी प्रहार भएको हो । 
 
बानेश्वर प्रहरीले फिल्मीखबरलाई दिएको जानकारी अनुसार २ जना अपरिचित व्याक्तिले राणामाथी खुकुरी प्रहार गरेका हुन् । राणाको दाहिने हातमा गम्भिर चोट लागेको प्रहरी श्रोतले बताएको छ । 
 
खुकुरी प्रहार गर्ने २ जना फरार रहेको बताईएको छ । घटना पश्चात राणालाई उपचारको लागी बानेश्वर स्थित एभरेष्ट अस्पतालमा पुर्याईए पनि घटना गम्भिर रहेकोले थप उपचारको लागी ग्राण्डी अस्पताल धापासी लगिएको छ । 
 
उनि प्युठान जिल्लाका कांग्रेस पार्टीका क्षेत्रिय सभापति पनि हुन् ।