Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`घामपानी` घोषणा, दयाहाङको अपोजिटमा पहिलोपटक केकी

फिल्मीखबर, काठमाडौं, 2016/08/31
सँगसँगै केहि फिल्म गरिसक्दा पनि अभिनेता दयाहाङ राईको अपोजिटमा नदेखिएकी अभिनेत्री केकी अधिकारी अब भने त्यो अबसरको नजिक आएकी छिन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच घोषणा गरिएको फिल्म 'घामपानी'मा केकी र दयाहाङको जोडी सार्वजनिक गरियो । 
 
 
अन्तरजातिय विवाहको कथा जोडिँदा दयाहाङ तामाङ परिवारको र केकी ब्राहमण समुदायको युवती बन्नेछिन् अनि यी दुईको प्रेम चल्दै जाँदा आउने उतारचढावको वरीपरी फिल्म घुम्नेछ । सञ्चारकर्मी दिपेन्द्र लामाको निर्देशनमा बन्ने फिल्ममा यी दुईसँगै अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, बुद्धि तामाङ, कविता आले, अरुणा कार्की लगायत लिड अभिनयमा हुनेछन् ।
 
कालिप्रसाद बाँस्कोटा र चन्द्र कुमार दोङको संगीत रहने फिल्ममा सैलेन्द्रध्वज कार्कीले क्यामेरा चलाउने छन् । कार्की फिल्मका निर्माता पनि हुन् । कार्यक्रममा बोल्दै निर्देशक लामाले पत्रकारिता र फिल्म क्षेत्रसँउ जोडिँदा बुझेको जानेको अनुभवलाई समेट्दै जतिसक्दो उत्कृष्ट फिल्म दर्शकलाई दिनु आफ्नो कोशिस रहने बताए । 
 
त्यस्तै अभिनेत्री केकी अधिकारीले दयाहाङसँग पहिलो पटक अपोजिटमा देखिन पाएकोमा खुशी व्यक्त गरिन् भने दयाले निर्देशक लामासँगको बर्षौं पहिलेदेखीको सम्बन्धको चर्चा गर्दै टिम राम्रो भएकोले दर्शकको मन जित्ने फिल्म बन्नेमा आशा व्यक्त गरे ।
 

Most Visited News (monthly)