Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'लालजोडी' मार्फत ठुलोपर्दाको परिक्षामा सिरियल किङहरु !

फिल्मीखबर, काठमाडौं, 2016/09/01
सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्देशनमा तयार फिल्म 'लालजोडी' प्रदर्शनको अन्तिम घडिमा छ । शुक्रबारबाट रिलिज हुने अनि अन्य तीन फिल्मसँग भिड्न लागेको फिल्मलाई लिएर दर्शकमा कौतुहलता त छ नै फिल्मबाट सानोपर्दामा जमेका अनुहारहरुको परिक्षा पनि हुँदैछ । 
 
 
नक्कली बाबुराम भट्टराईको उपमा पाएका ज्योति काफ्ले नेपाली सिरियलमा निकै लोकप्रिय पात्र हुन् । बाबुरामको नक्कल गर्न मात्र होईन जुनसुकै प्रकारका अभिनयमा पनि छिनभरमा कला देखाउन सक्ने उनै ज्योति दर्शकलाई टेलिभिजन कार्यक्रममा घण्टौँसम्म होल्ड गर्ने कलाकार हुन् । तर पहिलो पटक पर्दामा देखिन लागेका ज्योतिले हलमा भने दर्शकको साथ कति पाउँछन् त्यो हेर्न लायक हुनेछ ।
 
यस्तै पछिल्लो समयको हिट सिरियल 'भद्रगोल' । यो सिरियलमा जोडिएको 'पाँडे' अनि जयन्ते पात्र सर्वाधिक हिट छन् । सिरियलको लोकप्रियतासँगै देश विदेशका स्टेज कार्यक्रमहरुमा व्यस्त पाँडे र (जयन्ते) गोविन्द कोईराला देखी सानोपर्दामा 'डिट्ठा साप', 'ए हो ठिकै छ', 'हैट', 'बुनुमैचा' लगायतका पात्रका कारण परिचित सबैजसो अनुहारहरु लालजोडीका लिड कलाकार हुन् ।
 
यहि सर्कलको दिपकदिपा टिमको तर्फबाट सिरियलमा जमेको टोलीले आफै फिल्म बनाएर पर्दामा आफै आउँदा सफलता पाईसकेका छन् भने फिल्मवृत्तको चर्चा र गाईँगुईंलाई नियाल्ने हो भने यो पछिल्लो टोली पनि सफलताको स्वाद चाख्न एक कदम मात्रै टाढा छ, निर्देशक सुवेदी दर्शकलाई पुर्ण पनोरञ्जनको लागी यो तीजमा 'लालजोडी' को विकल्प नरहेको दाबी गर्छन् ।
 
फिल्ममा यी कलाकारको अलाबा 'परदेशी' हिट हिरोईन रजनी केसी र आयुष्मा कार्की पनि लिड रोलमा छन् ।  तीजको छेकोमा विदा पनि पर्ने अनि हल पनि भरिँदै आएको पछिल्ला बर्षका उदाहरण हेर्दा यो बर्ष पनि ठुलै जमात फिल्म हलमा पुग्नेछ । तर त्यहाँ पुगेर 'लालजोडी' तर्फ आकर्षित हुने अनि टिकट किन्न लालायित हुने कति देखिनेछन् त्यसैले नै सानोपर्दामा हिट कलाकारहरुको वास्तविक स्टारडम बोल्नेछ ।
Most Visited News (monthly)