Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक महिना अघिका भाई एकाएक कसरी बने बिनिताका प्रेमी ?

फिल्मीखबर, काठमाडौं, 2016/08/31
 
 
चपली गर्ल बिनिता बरालले मंगलबार सामाजिक सञ्जालमार्फत प्रेमी सार्वजनिक गरिन् । बिनिताले प्रेममा परेको भन्दै सार्वजनिक गरेका अमेरिकामा बस्दै आएका तिलक पौडेलसँगको तश्विरलाई लिएर धेरैले बधाइ दिए, 'प्रफेक्ट कपल' भन्दै कमेन्टमा लेखे ।
 
 
टुईटर मार्फत जोडिएको भनिएको यी दुईको सम्बन्ध एक महिना पहिले मात्रै दिदी भाईको सम्बन्धमा थियो । समाचारसँग ईङ्कित गरिएको तश्विरबाट तपाई यो छुट्टयाउन सक्नुहुन्छ । टुईटरमा 'ज्वाईंसा'प' हेण्डल चलाईरहेका तिलकले गत महिना 'जुईनो' सार्वजनिकको लागी बिनिता नेपाल आएको समयमा गरेको टुईटमा उत्तर फर्काउँदै दिदी लेखेका छन् भने त्यसको उत्तरमा बिनिताले पनि भाई सम्बोधन गरेकी छिन् । 
 
हुन त टुइटरको डियममा माया प्रेमका भित्री गन्थन गर्दै आएको खोलेका र त्यसैले प्रेम जोडीएको बोलेकी बिनिता र तिलक पब्लिकमा भने ठट्यौली पाराले प्रश्नोत्तर गर्ने गरेको बताउँदै गर्दा दिदी भाईको नाता जोडेर गरिएको वार्तालाप पनि उनिहरुको ठट्यौली थियो कि भनेर बुझ्न सकिन्छ । 
 
हुन पनि बिनिताले 'जुईनो' सार्वजनिकको लागी नेपाल आउँदाको समयबाट नै आफुहरुको कुराकानी चलेको र एकले अर्कोलाई बुझिसकेपछि प्रेम स्विकार गरेको बोलिसकेकी छिन् । त्यसैले जिस्किने स्वभावका तिलकको जिस्काईबाटै अनि दिदिको साईनोबाट नै कतै बिनिता पट्टिएकी त होईनन् ? गसिप बजारमा चर्चाको बिषय बनेको छ ।
Most Visited News (monthly)