मधुसुदन भट्टराईको निर्देशनमा बनेको फिल्म 'निर्भय' को छायाँकन सकिएको छ । ६५ दिन लगाएर फिल्मको सम्पुर्ण छायाँकन सकिएको निर्देशक भट्टराईले बताए ।
प्रसिद्धी सिने आर्ट्सको प्रस्तुतीमा बन्दै गरेको फिल्मलाई काठमाडौं, सिन्धुपाल्चोक, चितवन, नवलपरासी र पोखरामा छायाँकन गरिएको छ । फिल्मलाई रामशरण उप्रेतीले खिचेका हुन् ।
एक्शन स्टार निखिल उप्रेती र नीता ढुङ्गाना लिड रोलमा रहेको फिल्ममा सुशिल पोखरेल, विकास चापागाईं, प्रज्वल गिरी पनि लिड रोलमा छन् । फिल्ममा अृ्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत छ भने द्वन्द्व हिमाल केसीको छ । नृत्य रामजी लामिछानेको छ ।
देवी पाण्डेको लगानी रहेको फिल्मको रिलिज मिति पनि घोषणा गरिएको छ । फिल्म भ्यालेन्टाईनको छेकोमा आउँदो माघ २८ मा रिलिज हुने निर्माण कम्पनि र वितरण कम्पनि आर आर फिल्म्सबीच सहमति भएको छ ।
नेपाली समाजमा दैनिक रुपमा जनताले देखिरहेको अनि भोगिरहेको कथालाई 'निर्भय'ले उठान गरेको निर्देशक भट्टराईले बताए । निर्भयलाई यम थापाले लेखेका हुन् ।

