विश्वकै सर्वोच्च मानिने फिल्म अवार्ड ओस्कार अवार्डको यो बर्षको संस्करणको लागी नेपालबाट फिल्म मागिएको केहि हप्तापछि तीन फिल्मबीच प्रतिस्पर्धा सुरु भएको छ ।
आवेदन माग भए पश्चात आएका फिल्महरुबाट पनि छनोट समितिले तीन फिल्मलाई अन्तिम प्रतिस्पर्धाको लागी छान्दै फिल्म हेर्न सुरु गरेको छ । यी तीन मध्येबाट उत्कृष्ट ठहरिएको एक फिल्मले ओस्कारमा नेपालको प्रतिनिधित्व गर्नेछ ।
विदेशमा सम्पन्न विभिन्न फिल्म फेस्टिभलमा उत्कृष्ट ठहरिएको कालोपोथी तथा राष्ट्रिय अवार्ड जित्न सफल पशुपतिप्रसादबीचको प्रतिस्पर्धालाई खास मानिएको छ भने को आफ्नो पनि प्रतिस्पर्धाबाट टाढा छैन् ।
यसै साता उल्लेखित तीन मध्ये एक फिल्म छनोट गरि ओस्कारको लागी पठाईने बताईएको छ । हरेकबर्ष नेपालबाट एक फिल्म पठाईने गरेपनि आजसम्म कुनै पनि नेपाली फिल्मले कुनै अवार्ड भने हात पारेका छैनन् । ओस्कार अवार्ड समारोह आगामी फेब्रुअरी २८ मा अमेरिकामा हुँदैछ ।

