मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

'पशुपतिप्रसाद' उत्कृष्ट बन्दा अवार्ड लिएनन् निर्देशक खनालले, किन थापे दीपकले ?

बैकुण्ठराज पराजुली, दुबई, 2016/12/24
 
ठुलो मेहनत अनि समय खर्चेर बनाएको आफ्नो फिल्म कुनै पनि अवार्ड समारोहमा उत्कृष्ट बन्दा त्यसबाट मुख्य खुसी निर्देशक हुन्छन्, जतिबेला उनको कामको जस मिलेको भान हुन्छ । तर शुक्रबार दुबईमा सम्पन्न नवौ संस्करणको नेफ्टा अवार्डमा 'पशुपतिप्रसाद' निर्देशक दिपेन्द्र के खनाल यो विषयमा भिन्न देखिए । 
 
अवार्ड समारोहको अन्त्यतिर मुख्य मानिने विधाका विजेताहरु घोषणा गरियो । जब उत्कृष्ट निर्देशकको अवार्ड प्रदान गर्ने पालो आयो, तब प्रतिस्पर्धी थिए, खनालसँगै 'प्रेमगीत' निर्देशक सुदर्शन थापा, 'क्लासिक'का दिनेश राउत, 'कबड्डी कबड्डी' रामबाबु गुरुङ र 'वडा नम्बर छ' उज्जल घिमिरे । अनि विजेताको नाम आयो, घिमिरेको नाममा । 
 
तब राष्ट्रिय पुरस्कारदेखि यसअघि सम्पन्न सबैजसो अवार्डमा उत्कृष्ट ठहरिएका खनाल अनि उनको पक्षमा नतिजाको आशा गरेर बसेका उपस्थित फिल्मकर्मी र अन्य सहभागीले जिब्रो टोके । त्यसपछि पालो आयो उत्कृष्ट फिल्मको, पायो खनालकै फिल्म 'पशुपतिप्रसाद'ले तर खनाललाई बारबार अवार्ड थाप्न आग्रह गर्दा समेत उनि आफ्नो ठाउँमा डगमगाएनन्, स्टेज चढेनन् । 
 
उनको अवार्ड थाप्न निर्देशकको अवार्ड जितेको फिल्म 'वडा नम्बर ६'का निर्माता अभिनेता दीपकराज गिरी स्टेज चढे, खनालको आग्रहमा आफु पुगेको र साथी साथी रहेको जिकिर गरे । 
 
कारण यो हो अनि विजेता घोषणाको दृश्य यस्तो थियोः 
 
अवार्ड वितरणको कुनै मापदण्ड नेपाली फिल्म उद्योगमा छैन्, कतै आयोजकको चाहना अनुसार त कतै जुरी टिममा रहेका सदस्यहरुको पकड अनि सम्बन्धको कारण अवार्ड बाडिँदै आएको आरोप नेपाली फिल्मसँग जोडिएका प्रायः अवार्डलाई लाग्छ । 
 
तर नेपाली फिल्म उद्योगमा हवाला छ, अनि तितो सत्य यो छ कि, कुनै पनि फिल्म उत्कृष्ट बन्न सो फिल्मको कथा, पटकथा, सिनेमाटोग्राफी, सम्पादन र निर्देशकिए पक्षलाइ मेरुदण्ड मानिन्छ । तर नेफ्टा अवार्डमा माथी उल्लेखित विधा मध्ये कुनैपनि विधामा राष्ट्रिय पुरस्कार विजेता फिल्म 'पशुपतिप्रसाद'ले पाएन् । यो भएपछि उत्कृष्ट फिल्मको अवार्ड थाप्नुलाई निर्लज्जता भन्दै खनाल स्टेज नचढेका हुन् । 
 
उत्कृष्ट फिल्मको अवार्ड दीपकराज गिरीले थापेर ल्याएपछि दिपेन्द्र के खनाललाई बुझाउने प्रयास गरे, तर खनालले 'सरी' भन्दै आफुले लिन मानेनन्, जहाँ दीपकले राखिदिए त्यही छाडेर हलबाट बाहिरिए । हलबाट बाहिरिएपछि फिल्मीखबरकर्मीसँगको कुराकानीमा पनि खनालले उत्कृष्ट फिल्मको अवार्ड आफुले नलिएको स्पष्ट पारे ।
 
लगातार पछिल्ला चार संस्करण विदेशमा सम्पन्न गरिसकेको प्राविधिक संघद्वाराआयोजित नेफ्टा अवार्डको नवौं संस्करणमा पनि केहि विधाका विजेतालाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ । तर नेपालमा आयोजना हुँदै आएका प्रायः अवार्ड समारोहलाई लिएर कुनै न कुनै पक्ष विरोधमा निस्किने परम्परा नै भईसक्दा विदेशमा ठुलो चुनौतीका बीच अवार्ड आयोजना गरेर सम्पन्न गर्नुलाई नेफ्टाले आफ्नो सफलता सम्झेको छ ।