मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.50/5.00)
Text size:-
+
-

नवौं नेफ्टाः दयाहाङ र नम्रता उत्कृष्ट, फिल्ममा पशुपतिप्रसादलाई अवार्ड (विजेताको सुची सहित)

बैकुण्ठराज पराजुली, दुबई, 2016/12/24
चलचित्र प्राविधिक संघको आयोजनामा हरेक बर्ष हुँदै आएको नेफ्टा अवार्ड अन्तर्गत  नवौं संस्करणमा उत्कृष्ट फिल्म 'पशुपतिप्रसाद' घोषित भएको छ । युएईको दुबईमा शुक्रबार साँझ सम्पन्न भव्य अवार्ड समारोहमा पशुपतिप्रसादले उत्कृष्ट संवादमा पनि अवार्ड जित्यो । तर कार्यक्रममा उपस्थित निर्देशक दिपेन्द्र के खनाल अवार्ड थाप्न भने स्टेज चढेनन् । 
 
 
 
नवौं नेफ्टामा उत्कृष्ट कथा 'कबड्डी कबड्डी'बाट रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले जित्दा पटकथामा 'फन्को'बाट सुवर्ण थापाले अवार्ड जिते । संवादमा 'पशुपतिप्रसाद'बाट खगेन्द्र लामिछानेले अवार्ड जिते । 
 
 
 
यस्तै अभिनेता तर्फ पनि कबड्डी कबड्डी' बाट दयाहाङ राई उत्कृष्ट कहलिँदा अभिनेत्रीको अवार्ड 'क्लासिक' फिल्मबाट नम्रता श्रेष्ठले उचालिन् । उत्कृष्ट निर्देशकको अवार्ड 'वडा नम्बर ६' बाट उज्जल घिमिरेले जिते । 
 
 
 
उता उत्कृष्ट डेब्यू अभिनेताको अवार्ड 'नाई नभन्नु ल ४' बाट पल शाहले जित्दा डेब्यू अभिनेत्रीको अवार्ड 'ड्रिम्स'बाट साम्राज्ञीराज्यलक्ष्मी शाहले जितिन्  । विजेताको रुपमा पलको नाम लिँदा दर्शकबाट हुटिङ त तालीको बर्षा देखिएको थियो ।
 
यस्तै उत्कृष्ट छायाँकारको अवार्ड 'नाई नभन्नु ल ४' फिल्मबाट पुरुषोत्तम प्रधानले जितेका छन् भने उत्कृष्ट संगीतकार 'प्रेमगीत'बाट अर्जुन पोखरेल कहलिँदा उत्कृष्ट सम्पादनको अवार्ड 'फन्को' बाट विपिन मल्लले जिते ।
 
हजार बढि दर्शकको उपस्थिती तथा एक सय बढि नाम चलेका नेपाली फिल्म उद्योगका सिनेकर्मीहरुको उपस्थितीमा सम्पन्न अवार्ड समारोहमा कलाकारहरुको प्रस्तुतीले चिसिँदै गरेको दुबईको माहोल तताएको थियो । 
 
कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धरदेखि पूजा शर्मा, छुल्ठिम गुरुङ, मलिना जोशी, रिस्ता बस्नेत, साम्राज्ञी, नम्रता सापकोटा, जेविका कार्की लगायतले ठुम्का देखाउँदा अभिनेता तर्फ महानायकको उपाधी पाएका राजेश हमालदेखि अनुपबिक्रम शाही,  पल शाह, नाजिर हुसैन, सलोन बस्नेत रोहित रुम्बा लगायतले उनिहरुलाई साथ दिए ।
 
उता कार्यक्रम चलाउने जिम्मा लिएका दिनेश डिसी, जितु नेपाल, दिपकराज गिरी, एक्शन स्टार निखिल उप्रेती र निखिल पत्नि समेत रहेकी अभिनेत्री सञ्चिता लुईंटेलको उद्घोषण प्रस्तुतीले दर्शकलाइ थप रमाईलो बनाएको थियो ।
 
विजेताहरुको नामावली यसप्रकार छः
उत्कृष्ट फिल्मः (पशुपतिप्रसाद)
 
उत्कृष्ट निर्देशकः उज्जल घिमिरे (वडा नम्बर ६)
 
उत्कृष्ट कथाः रामबाबु गुरुङ, उपेन्द्र सुब्बा (कबड् कबड्डी)
 
उत्कृष्ट पटकथाः सुवर्ण थापा (फन्को)
 
उत्कृष्ट संवादः खगेन्द्र लामिछाने (पशुपतिप्रसाद)
 
उत्कृष्ट अभिनेताः दयाहाङ राई, 'कबड्डी कबड्डी)
 
उत्कृष्ट अभिनेत्रीः नम्रता श्रेष्ठ (क्लासिक)
 
उत्कृष्ट छायाँकारः पुरुषोत्तम प्रधान, (नाई नभन्नु ल ४)
 
उत्कृष्ट सम्पादनः विपिन मल्ल, (फन्को)
 
उत्कृष्ट सह अभिनेताः प्रकाश घिमिरे (पशुपतिप्रसाद)
 
उत्कृष्ट सह अभिनेत्रीः निश्मा घिमिरे (जन्मभूमी)
 
उत्कृष्ट संगीतकारः अर्जुन पोखरेल (प्रेमगीत
 
उत्कृष्ट कोरियोग्राफरः रेनशा वान्तवा राई (प्रेमगीत)
 
उत्कृष्ट गीतः डा. कृष्णहरी बराल (नाई नभन्नु ल ४)
 
उत्कृष्ट गायकः सुगम पोखरेल (प्रेमगीत)
 
उत्कृष्ट गायिकाः अञ्जु पन्त (प्रेमगीत)
 
हाँस्य कलाकारः विल्सन विक्रम राई (अधकट्टी)
 
खलपात्रः  विपिन कार्की (पशुपतिप्रसाद)
 
नव अभिनेत्रीः साम्राज्ञी राज्यलक्ष्मी शाह (ड्रिम्स)
 
नव अभिनेताः पल शाह (नाई नभन्नु ल ४)
 
आदिवासी फिल्मः 'तिमी नभए'
 
पार्श्व संगीतः सुजिल कर्माचार्य (फन्को)
 
ध्वनी मिश्रणः उत्तम न्यौपाने (धौली)
 
एरेञ्जरः राजन ईशान्त (वडा नम्बर ६)
 
द्वन्द्व निर्देशकः हिमाल केसी (भैरव)
 
कला निर्देशनः पासाङ टी शेर्पा (वडा नम्बर ६)
 
भेषभुषाः युवी थापा, योगिता पुनः (प्रेमगीत)
 
श्रृङ्गारः दिपु पौडेल (को आफ्नो)
 
पपुलर अभिनेताः अनमोल केसी (ड्रिम्स)
 
पपुलर अभिनेत्रीः पूजा शर्मा (प्रेमगीत)
 
पपुलर फिल्मः (ड्रिम्स)