आमिर खान स्टारर फिल्म 'दंगल'ले वक्सअफिसमा उत्कृष्ट ओपनिङ गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिन २९ करोड ७८ लाखको विजनेस गर्यो । वलिउडमा धेरै पर्दा हाउसफुल बने ।

विदेशमा पनि सोहि प्रकारको उत्कृष्ट ओपनिङ गरेको फिल्मले शनिबार थप खास विजनेस गर्ने आशा गरिएको छ । शनिबार 'क्रिसमस' ईभ हो, विजनेस रिपोर्ट भने आईतबार बिहान मात्र आउनेछ ।
आईतबार भारतमा पर्ने बिदा अनि क्रिसमस डे फिल्मको विजनेसको लागी अर्को प्लस पोईण्ट हुनेछ । समिक्षकमा मलेको उत्कृष्ट प्रतिक्रिया अनि सोहि प्रकारको उत्कृष्ट वर्ड अफ माउथले वक्स अफिसमा रेकर्डेवल बिजनेस गर्नसक्ने अनुमान वलिउड पण्डितहरुले लगाएका छन् ।
तर फिल्मले बर्ष २०१६ को किर्तिमानी ओपनिङ गर्न भने सकेन् । नन होलिडे विजनेसमा भने सर्वाधिक ओपनिङ विजनेस गर्ने फिल्म धुम ३ (३६ करोड २२ लाख) भन्दा १ स्टेप पछि 'दंगल' परेको छ ।
बर्ष २०१६ मा सलमान खान स्टारर सुल्तानले विदाको दिन पर्दैगर्दा पहिलो दिन नै ३६ करोड ५४ लाखको विजनेस गरेको थियो । दोश्रो नम्बरमा भने 'दंगल' नै परेको छ ।

