
गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'लप्पन छप्पन'ले प्रदर्शनको चार दिनमा डेढ करोड बढिको विजनेस गरेको निर्माण टिम र वितरकबाट दाबी आएको छ । सार्वजनिक डाटा अनुसार फिल्मले पहिलो चार दिनमा १ करोड ६४ लाखको विजनेस गर्यो ।

तीन हप्ता पहिले प्रदर्शनमा आएको भेट्रान निर्देशक तुलसी घिमिरे निर्देशित फिल्म 'दर्पण छायाँ २' अब विदेश यात्रामा निस्किने भएको छ । अहिलेपनि नेपालभरका आधा दर्जन बढि हलमा प्रदर्शनरत फिल्मको केहि हप्तामै देश शो सुरु हुने भएको हो ।

आईतबार साँझ युट्युवमा रिलिज भएको फिल्म 'ए मेरो हजुर २' को शिर्ष गीतले युट्युवमा किर्तिमानी 'भ्यू' पाएको छ । ईन्टरनेट रिलिजको २४ घण्टा नपुग्दै गीतलाई यो समाचार पार्दासम्म ४ लाख १० हजार बढि पटक हेरिएको छ ।

'कमेडी नाईट विथ कपिल'मा भारतिय चर्चित कलाकार सुनिललाई गाली गलौच गरेको बारेमा कपिल शर्मा पछिल्लो समय निकै विवादमा छन् । कपिलको गलत व्यवहारका कारण सुनिलले शो नै छाड्ने निर्णय गरेपश्चात विवाद अझै चुलिँदो छ ।

अभिनेत्री झरना थापाको डेब्यू निर्देशकिय फिल्म 'ए मेरो हजुर २' को शिर्ष गीत रिलिज गरिएको छ । झरनाको जन्मदिनको छेकोमा फिल्मको अफिसियल रिलिज मिति घोषणा गर्दै गीत ईन्टरनेट रिलिज गरिएको हो ।

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'लप्पन छप्पन'ले राम्रो ओपनिङ गरेको छ । पहिलो दिन नै ५० प्रतिशत आसपासको अकुपेन्सी सहित सुखद ओपनिङ गरेको फिल्मले शनिबार त्यो भन्दा राम्रो विजनेस गर्न सफल भयो ।

