मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

लफडामा परेका कपिलको बारेमा सलमानले मुख खोले

एजेन्सी, मुम्बई, 2017/03/27

'कमेडी नाईट विथ कपिल'मा भारतिय चर्चित कलाकार सुनिललाई गाली गलौच गरेको बारेमा कपिल शर्मा पछिल्लो समय निकै विवादमा छन् । कपिलको गलत व्यवहारका कारण सुनिलले शो नै छाड्ने निर्णय गरेपश्चात विवाद अझै चुलिँदो छ ।

 


उता कपिलका नजिकका साथी रहेका सुपरस्टार सलमान खानले कपिलको विवादित कामको बारेमा मुख खोलेका छन् । सलमानले एक अन्तर्वार्ताको दौरान कपिललाई ईङ्कित गर्दै आफ्नो स्टारडम जोगाईराख्न सल्लाह दिएका छन् ।

आफुलाई मान्ने अनि सम्मान र तारिफ गर्ने साथी सर्कल, फ्यान र परिवारकै कारण आफ्नो स्टारडम जम्ने र करियर टिक्ने कुरामा सचेत हुन भन्दै म के गर्दै छु, अनि राम्रो या नराम्रो गर्दैछु भन्ने बारेमा समेत सचेत रहन सलमानले सुझाएका छन् ।