मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

'लप्पन छप्पन' सुखद ओपनिङ, सेल्फीमा घेरिए दयाहाङ

फिल्मीखबर, काठमाडौं, 2017/03/26

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'लप्पन छप्पन'ले राम्रो ओपनिङ गरेको छ । पहिलो दिन नै ५० प्रतिशत आसपासको अकुपेन्सी सहित सुखद ओपनिङ गरेको फिल्मले शनिबार त्यो भन्दा राम्रो विजनेस गर्न सफल भयो ।

 


शनिबार बिदाको दिन पर्दा 'लप्पन छप्पन'ले देशभरका अधिकांश हलमा हाउसफुल विजनेस गर्यो । वितरक गोविन्द शाहीले शनिबार ८५ प्रतिशत आसपासको अकुपेन्सी फिल्मको रहेको बताए । मल्टिप्लेक्स अनि सिंगल स्कृन दुबैतिर दर्शकले फिल्मलाई राम्रो साथ दिएका थिए ।

फिल्मको वर्ड अफ माउफ भने औसत छ । कतिले राम्रो बोलेका छन् भने मुकुन्द भट्ट निर्देशित फिल्मलाई कतिपय दर्शकले अझै सोचेअनुसार नपाएको गुनासो पोखेका छन् । दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा जस्ता मल्टिस्टारको बाहुल्यता रहेको फिल्ममा उल्लेखित तीन अनुहारसँगै बर्षा शिवाकोटी, सिड खरेल र प्रकाशजंघ शाह लिड अभिनयमा छन् ।

 


शनिबार राजधानीका केहि हलमा अभिनेता दयाहाङ राई सहितको कलाकारको टोली पुग्दा दर्शकले तश्विर र सेल्फी खिचे अनि दयाहाङलाई घेरे । फिल्मको विजनेस अनि दर्शकको साथबाट दयाहाङ पनि प्रफुल्लित देखिन्थे ।

धेरै जसो छायांकन युरोपमा गरिएको 'लप्पन छप्पन'ले ट्रेलर रिलिज भएसँगै एक किसिमको हाइप बनाएको थियो । फिल्मलाई डम्बर चन्द र ईन्द्रप्रसाद खरेलले मिलेर निर्माण गरेका हुन् । चन्द्र पन्तको द्वन्द्व रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।