आईतबार साँझ युट्युवमा रिलिज भएको फिल्म 'ए मेरो हजुर २' को शिर्ष गीतले युट्युवमा किर्तिमानी 'भ्यू' पाएको छ । ईन्टरनेट रिलिजको २४ घण्टा नपुग्दै गीतलाई यो समाचार पार्दासम्म ४ लाख पाँच हजार बढि पटक हेरिएको छ ।
संभवत नेपाली फिल्मको कुनै पनि गीत रिलिजको एक दिन नहुँदै युट्युवमा यो प्रकारले भिजिट भएको पहिलो पटक हो । झरना थापाको डेब्यू निर्देशकिय फिल्मको गीतमा फिचरिङमा रहेका साम्राज्ञीराज्य लक्ष्मी शाह र डेब्यू अभिनेता सलिनमान बानियाँले कमेन्टमा तारिफको बर्षा भेटेका छन् ।
बोल्ड अनि ग्ल्यामर अबतारमा देखिएकी साम्राज्ञी सर्वाधिक नोटिस छिन् भने पहिलो फिल्मको पहिलो लामो चल दृश्य मार्फत बाहिर आएका सलिनमानमा पनि अभिनयमा धेरैले आशाको नजर पोखेका छन् ।
सुहाना ईन्टरटेन्मेन्ट अनि सुनिल कुमार थापा प्रोडक्शनको तर्फबाट निर्माण बएको फिल्म भदौ १६ मा रिलिज हुने घोषणा गरिएको छ । पहिलो रिलिज गीतप्रति दर्शकले देखाएको उत्सुकता र तारिफ अनि अभिनेत्री झरनाको डेब्यू निर्देशनमा गरिएको आशाले नै फिल्मलाई प्रतिच्छित बनाएको छ । फिल्मको कथा हरिहर अधिकारीको हो भने पटकथा लेखनमा हरिहरसँग सामिप्यराज तिमिल्सेनाले साझेदारी गरेका छन् ।