गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'लप्पन छप्पन'ले प्रदर्शनको चार दिनमा डेढ करोड बढिको विजनेस गरेको निर्माण टिम र वितरकबाट दाबी आएको छ । सार्वजनिक डाटा अनुसार फिल्मले पहिलो चार दिनमा १ करोड ६४ लाखको विजनेस गर्यो ।
वितरक गोविन्द शाहीले मोफसलबाट मात्र फिल्मले ५५ लाखको कलेक्सन गरेको दाबी गरेका छन् भने उनको भनाईलाई आधार मान्दा फिल्मले उपत्यकाबाट पहिलो दिन ३२ लाख, शनिबार ४५ लाख र आईतबार १५ लाख अनि सोमबार १७ लाख कमाएको छ ।
मुकुन्द भट्ट निर्देशित फिल्मले मिश्रित प्रतिक्रिया भेटेको छ । शनिबार फिल्मले देशभरका विभिन्न हलमा हाउसफुल विजनेस गरेको थियो । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, बर्षा शिवाकोटी, सिड खरेल लगायत लिड अभिनयमा छन् ।

