मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

टाइटल गीत सार्वजनिक गर्दै 'ए मेरो हजुर २' रिलिज घोषणा (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/03/26
 
 
अभिनेत्री झरना थापाको डेब्यू निर्देशकिय फिल्म 'ए मेरो हजुर २' को शिर्ष गीत रिलिज गरिएको छ । झरनाको जन्मदिनको छेकोमा फिल्मको अफिसियल रिलिज मिति घोषणा गर्दै गीत ईन्टरनेट रिलिज गरिएको हो । 
 
फिल्म अब अर्को बर्षको भदौ १६ मा रिलिज हुनेछ । सेप्टेम्बर १ २०१७ मा विश्वब्यापी रिलिज तय हुँदा निर्माण टिमले विश्वकै सर्वाधिक उचाईमा रहेको ताल तिलिचो तालको सौन्दर्यता बोल्ने उच्च मेकिङ सहितको 'ए मेरो हजुर' बोलको शिर्ष गीत बाहिर ल्याएको हो । सार्वजनिक गीतको भिडियोमा मनमोहक अनि लोभलाग्दा दृश्यहरु समावेश छन् ।
 
 
 
गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यू अभिनेता सलिनमान बानियाँ फिचरिङमा छन् । रेनशा वान्तवा राईले कोरियोग्राफी गरेको गीतमा स्वर सुगम पोखरेलको छ भने कृष्णहरी बरालको शब्दमा कल्याण सिंहले संगीत भरेका छन् ।
 
सुनिल कुमार थापा निर्मित फिल्ममा सलोन बस्नेत, अम्बर सुवेदी, सुमन पौडेल, अजश्रा ढुङ्गाना लगायत लिड अभिनयमा छन् ।