मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

के बन्दैछ 'बाहुबली ३' ?

एजेन्सी, मुम्बई, 2017/05/20
एसएस राजमौलीको फिल्म 'बाहुबली २' भारतीय सिनेमाको सबैभन्दा बढी कमाई गर्ने फिल्म बनिसकेको छ । यो फिल्मले बक्स अफिसमा हर रेकर्ड ध्वस्त गर्दै इतिहास रचेको छ । फिल्मको रिलिजसँगै यसको सफलताको त सबैलाई आभास थियो तर अहिले सबैको मनमा एउटै प्रश्न उब्जिरहेको छ कि 'के अब बाहुबलीको सफर सकिएको हो वा फेरी दर्शकहरुले 'बाहुबली ३' हेर्न पाउँछन् ?' 
 
मिडिया रिपोर्ट्सको खबरलाई आधार मान्ने हो भने डायरेक्टर राजमौलीले अब 'बाहुबली ३' को बारेमा गम्भिर भएर सोच्न सुरु गरेका छन् । 'बाहुबली-२' को अन्तिममा डाईलग छ-'अच्छा दादा क्या महेन्द्र 'बाहुबली' का बेटा भी राजा बनेगा, क्या मालूम शिव के मन में क्या चल रहा है।' 
 
यो डाईलगपछि 'बाहुबली ३' बन्ने खबर मिडिया र दर्शकमा चलिरहेको छ । तर, अहिलेसम्म राजामौलीले यो प्रश्नमा कुनै जवाफ दिएका छैनन् । यो प्रश्नको जवाफ दिनबाट निर्देशक राजामौली बचेर हिँडिरहेका छन् तर मिडियाको खबरका अनुसार 'बाहुबली ३' को काम पनि सुरु भैसकेको छ । 
 
यस्तैमा निर्देशक राजामौलीको एक पुरानो ट्वीट अहिले भाइरल भैरहेको छ, जसमा उनले 'बाहुबली ३' बनाउने कुराको आधिकारीक घोषणा गरेका थिए । मिडिया रिपोर्ट्सका अनुसार, 'बाहुबली २' लाई मिलेको जबरजस्त सफलतापछि निर्देशक राजामौलीले प्रोड्यूसर शोबूसँग एक बैठकमा बसेका थिए, जसमा 'बाहुबली ३' को संभावनामाथि कुरा भएको थियो ।