मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म पढ्न चाहनेका लागि खुल्यो ‘कान्तिपुर फिल्म एकेडेमी’

फिल्मीखबर, काठमाण्डौ, 2017/05/19
नेपालमा फिल्म सम्बन्धी अध्ययन गर्ने एकेडेमीहरुको अभाव छ । हाल नेपालमा औपचारिक रूपमा ‘ओस्कार फिल्म कलेज’ र 'एभरेष्ट फिल्म एकेडेमी' मा मात्र फिल्म पढाइन्छ। निजीस्तरमा रहेका केहि संस्थाले छोटो अवधिको तालिम दिने गरेका छन् जून त्यति प्रभावकारी हुन सकेको छैन । 'ओस्कार' र 'एभरेष्ट' फिल्म एकेडेमीले फिल्म सम्बन्धि अध्ययन गराइरहेको अवस्थामा मैतिदेवीमा शुक्रवारबाट अर्को फिल्म एकेडेमी सञ्चालनमा आएको छ 'कान्तिपुर फिल्म एकेडेमी' । 
 
अन्त्र्राष्ट्रिय स्तरको अध्ययन अध्यापन गराउने उद्येश्यका साथ स्थापना भएको 'कान्तिपुर फिल्म एकेडेमी' को आफ्नो भवन मैतिदेवीमा शुक्रवार औपचारिक सार्वजनिकिकरण गरिएको छ । यो एकेडेमीलाई वरिष्ठ निर्माता छविराज ओझाले सञ्चालनमा ल्याएका हुन् । एकेडेमीमा प्रकाश पुरी, बिमल सुवेदी, नरेश कुमार केसी, दयाराम घिमिरे, पृथ्वीराज प्रसार्इ र सुरज चिलुवालको संलग्नता रहेको छ । यो एकेडेमीमा ‘निर्देशन, अभिनय, छायांकन र सम्पादन (भीएफएक्स) पढाइनेछ । शत प्रतिशत दक्ष विद्यार्थी यो एकेडेमीबाट चलचित्र क्षेत्रमा जाने सञ्चालक ओझा बताउँछन् । 
 
सोही अवसरमा एकेडेमीले रसियाको एक एक्टिङ्ग इन्टिच्यूटसंग केही सम्झौता पनि गरेको छ । जसअनुसार पहिलो चरणमा 'कान्तिपुर फिल्म एकेडेमी' बाट अभिनय विधाबाट २ जना विद्यार्थी संजोग रसाइली, अनिल कँडेल र निर्देशन विधाबाट १ जना विद्यार्थी परिच्छेद सेनलार्इ स्कलरसिपमा अध्ययनको मौका दिइएको छ । एकेडेमीका सिइओ प्रकाश पुरी हुन् ।