Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अमेरिकी महिला निर्देशकसँग नेपाली चलचित्रकर्मीको छलफल

फिल्मीखबर, काठमाण्डौ, 2017/05/19
नेपाल फिल्म सोसाइटी र नेपाल चलचित्र संघको संयुक्त आयोजना र अमेरिकी राजदूतावासको पहलमा अमेरिकी निर्देशक शालिनी कौन्तेय र नेपाली चलचित्रकर्मीहरु बीच शुक्रवार नेपाल चलचित्र संघको कार्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शालिनी नेपाल आएको अवसर पारेर आयोजना गरिएको अन्तरक्रियाबाट अमेरिकामा नेपाली फिल्मलाई पहिचान गराउन लागि के कस्तो सहयोग हुन सक्छ र अमेरिकामा नेपाली फिल्मको बजारलाई कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप उदयले जानकारी दिए । 
 
कार्यक्रममा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, निर्देशकहरु विश्व बस्नेत, उज्वल घिमिरे, के.पी. पाठक, राजेन्द्र शलभ, यम थापासँगै बरिष्ठ कलाकारहरु भुवन चन्द, बसुन्धरा भुसाल, सुनिल थापा तथा नेपाल चलचित्र संघका कोषाध्यक्ष गोपालकाजी कायस्थ लगायत उपस्थित थिए । 
Most Visited News (monthly)