मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.50/5.00)
Text size:-
+
-

जेठी श्रीमतीसँग निखिलको झगडा, भयो यस्तो !

फिल्मीखबर, काठमाण्डौ, 2017/05/20
नायक निखिल उप्रेती दुई श्रीमतीका श्रीमान रहेको कुरा सबैलाई थाहा छ । अनि अर्को कुरा पनि तपाईहरुले सुन्दै आइरहनु भएको होला कि निखिल दुवै श्रीमतीसँग बस्दैनन् । उनी जेठी र कान्छी श्रीमती बस्ने घरभन्दा नजिकको ठाउँमा बस्ने गर्छन् । निखिलकी जेठी श्रीमतीको नाम कोपिला उप्रेती हो भने कान्छीको नाम सञ्चिता लुईटेल । निखिलको जेठी र कान्छी दुवैसँग प्रेम विवाह भएको हो । तर, अब यस्तो लाग्दैछ कि निखिलको जेठी श्रीमती कोपिलासँग राम्रो सम्बन्ध छैन । यसको पुष्टि शनिवार राजधानीमा निखिल उप्रेतीले निर्देशन र अभिनय गर्ने फिल्म 'कमिटमेन्ट' को घोषणा सभामा भयो । 
 
विहान उठ्ने वितिक्कै जिम गएपछि निखिल सिधै इन्डियन प्लेटको गाडी हाकेर फिल्म 'कमिटमेन्ट'को निर्माण घोषणा हुन लागेको लाजिम्पाटको नेपाली चुलो नामक रेस्टुराँमा पुगे । गाडीबाट ओर्लिदा उनको अनुहारमा निकै चमक देखिन्थ्यो । केही बेर वित्यो । फिल्मको घोषणा सभाको कार्यक्रम सुरु हुन केही बेर बाँकी रहँदा निखिलकी जेठी श्रीमती कोपिला छोरालाई लिएर त्यस ठाउँमा पुगिन् । जब कोपिला कार्यक्रम स्थलमा पुगिन् तब निखिल रात्तोपिरो भए । निखिल आफ्नी जेठी श्रीमती देखेपछि केही मिनेट हराए । कोपिलालाई हेर्दा लाग्दै थियो उनी निखिलसँग कुरा गर्न चाहन्छिन् । यस्तैमा निखिलले एक व्यक्तिलाई सोही इन्डियन प्लेटको गाडीमा कोपिलालाई घर पुराइदिन आग्रह गरे तर कोपिलाले मानिनन् । उनले आफू अहिलेसम्म सार्वजनिक गाडीमै हिँडिरहेको र अहिले पनि सार्वजनिक गाडीमै चढेर घर जान सक्ने बताइन् । त्यसबेला उनीसँग 'लुट' निर्माता माधव वाग्ले पनि थिए । माधव वाग्ले पनि कोपिलालाई जसरी भएपनि घर पठाउनका लागि मनाइरहेको देख्न सकिन्थ्यो । 
 
 
यस्तैमा कोपिला १५ मिनेट जसो हराइन् । अनि निखिल ढुक्क भएर कार्यक्रम हुने हलमा पसे । कार्यक्रम सुरु भयो र त्यही बेला फेरी झुल्किइन् कोपिला । निखिलले फेरी आफ्ना केही मित्रहरुलाई कोपिलालाई कार्यक्रम भएको हलमा नल्याउन निर्देशन दिए । ति व्यक्तिहरुले कोपिलालाई कार्यक्रम भैरहेको हलमा जानबाट रोकिरहेका थिए । यी सबै दृश्यहरु 'फिल्मखबर डटकम' का पत्रकार मनिष अन्जानले नजिकबाट अवलोकन गरेका थिए । त्यसबेला कोपिला भन्दै थिइन् 'म पनि फिल्मको निर्माण घोषणा सभा हेर्न जान्छु' तर एक व्यक्ति उनलाई भन्दै थिए कि 'माथी टिभीहरुमा लाइभ चलिरहेको छ त्यसैले तिमी जाँदा राम्रो हुँदैन ।' तर, फिल्मको घोषणा सभाको कुनै पनि टेलिभिजनले लाइभ गरेको थिएन । 
 
यसले के स्पष्ट हुन्थ्यो भने निखिल आफ्नी जेठी श्रीमतीसँग मिडियाको क्यामेरामा कैद हुन चाहन्न थिए । कोपिला यस्तो पनि भन्दै थिइन् कि 'मलाई निखिलसँग कुरा गर्नु छ ।' यी सबै दृश्य हेर्दा के सजिलै अनुमान लगाउन सकिन्छ भने निखिल र कोपिलाको सम्बन्ध अहिले राम्रो छैन । केही दिन अगाडि निखिलले आफ्नो बर्थडे समेत कान्छी श्रीमतीका सालीहरुसँग मनाएको खबर पनि बाहिरिएको थियो । कोपिला आक्रोश मुद्रामा कार्यक्रम स्थलमा पुग्नुले पनि निखिलले केही दिनदेखि श्रीमती कोपिला र आफ्नो छोरासँग भेट नगरेको स्पष्ट हुन्थ्यो ।
 
 
जेठी श्रीमतीबाट एक छोरा समेत भैसकेको अवस्थामा निखिलले नायिका सञ्चिता लुईटेलसँग विवाह गरेका थिए । निखिल कान्छी श्रीमती सञ्चितासँग कुनै कार्यक्रममा जान र मिडियाको अगाडि फोटो खिच्न हिचकिचाउँदैनन् तर जेठी श्रीमतीसँग भने अहिलेसम्म उनलाई एकसाथ काहिँ कतै पनि देखिएको छैन । आज देखिएका यी दृश्यहरुले के पनि पुष्टि गर्छ भने  निखिल जेठी श्रीमतीभन्दा कान्छी श्रीमतीसँग नजिक छन् । 
 
फोटो : विवेक बस्याल