Most Recent News Headlines
Results : 13867 - 13872 of 23748

फिल्मीखबर, काठमाडौं, 2017-01-02, सोमवार
पछिल्लो डेढ बर्षयता अमेरिका बस्दै आएका अभिनेता मुकेश ढकाल स्टारर फिल्म 'परिणाम' रिलिजको लागी तयार भएको छ । निर्माण भएको करिब २ बर्ष हुँदै गर्दा निर्माण टिमले माघ २१ लाई रिलिज 'लक' गर्दै प्रचारमा जुटेको हो ।

फिल्मीखबर, काठमाडौं, 2017-01-02, सोमवार
फागुनबाट फ्लोरमा जाने फिल्म 'ग्याङ्गस्टार ब्लूज'मा संयम पुरीको ईन्ट्री भएको छ । आना शर्मा, आशिरमान देशराज लिड अभिनयमा रहने भनिएको प्रोजेक्टमा यसअघि रोजिशा शाही अनुबन्ध भएकी थिईन् । अब संयम अनुबन्ध भएसँगै कास्टिङ लिड लाईनअप पुरा भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2017-01-01, आईतवार
राजधानीको पाँचतारे होटल अन्नपूर्णमा नेपाली चलचित्र क्षेत्रका ४० बढि चर्चित कलाकारहरु रनवेमा उत्रिएका छन् । पूनम इन्टरटेन्मेन्ट र नायिका गौरी मल्लको संयुक्त आयोजनामा भएको ‘डे सेलिब्रेटी रनवेमा’ नेपाली फिल्मकी पहिलो नायिका भूवन चन्ददेखि श्रृष्टी श्रेष्ठ, बर्षा राउत, अनुभव रेग्मीसम्म र्याम्पमा उत्रेका थिए । हरेक कलाकार र्याम्पमा आउँदा उनीहरुले अभिनय गरेका चलचित्रको गीत बजाइएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2017-01-01, आईतवार
अर्को बर्षको बैखाख २९ लाई प्रदर्शन मिति तय गरेको फिल्म 'रोमियो' को टिजर सार्वजनिक गरिएको छ । प्रेमकथाको उक्त फिल्मको टिजरमा पनि लिड कलाकारको प्रेमभाव अनि रोदन र द्वन्द्व समावेश छ ।

एजेन्सी, मुम्बई, 2017-01-01, आईतवार
आमिर खान स्टारर फिल्म 'दंगल'ले आक्रामक विजनेसलाई निरन्तरता दिईरहेको छ । वक्सअफिसमा कमालको व्यापारलाई जारी राख्दै गर्दा फिल्मले सलमान खान स्टारर 'किक' र शाहरुख खान स्टारर 'चेन्नई एक्सप्रेस'को लाईफटाइम कलेक्शन रेकर्ड ब्रेक गर्यो ।

फिल्मीखबर, काठमाडौं, 2016-12-31, शनिवार
बेलायतको राजधानी लण्डनमा छायाँकन भएको फिल्म 'ह्याप्पी डेज' को इन्डक्ल्याप भएको छ । ४५ दिन लामो सुटिङ सकाएर फिल्म कास्ट एण्ड क्रयू टिम देश फर्केको छ । तर अभिनेत्री प्रियंका कार्की भने लण्डनबाट सिधा न्युयोर्क उडिन् ।
Most Visited News (monthly)

