मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

असोज ११ : 'छक्का पन्जा २' सँग 'कृ' भिड्ने

फिल्मीखबर, काठमाण्डौ, 2017/05/24
२०७४ को सबैभन्दा ठूलो लडाई असोज ११ गते हुने संभावना प्रवल देखिएको छ किनकी यो मितिमा यस बर्षका दुई बहुप्रतिक्षित फिल्म एकसाथ हल छिर्ने अन्तिम तयारीमा जुटेका छन् । भदौ ८ गतेलाई रिलिज डेट लक गरिएको अनमोल केसी स्टारर फिल्म 'कृ' यो मिति छाडेर असोज ११ गते 'छक्का पन्जा २' सँग लड्ने लगभग फाइनल भएको स्रोत बताउँछ । हाल यी दुवै फिल्मको छायांकन धमाधम भैरहेको छ । निर्माण अगावै रिलिज डेट फाइनल गरिएका यी दुई फिल्मले लगभग एक महिनाको अन्तरमा हलमा लाग्ने गरी रिलिज कन्फर्म गरेका थिए तर अब यस्तो लाग्दैछ कि यी दुवै फिल्मको लडाई एकैदिन हुँदैछ । 
 
गएको बर्ष रिलिज भएको सय दिन मनाउन सफल फिल्म 'छक्का पन्जा' को सिक्वेल 'छक्का पन्जा २' सँग लड्न अर्को बहुप्रतिक्षित फिल्म 'कृ' किन तयार भयो त ? यो प्रश्न तपाईको मनमा उब्जिन सक्छ । खासमा, यी दुई फिल्म एकसाथ मैदानमा उत्रिन लाग्नुको कारण हो फिल्म वितरक कम्पनीबिच समझदारी नहुनु । यसअघि 'छक्का पन्जा' एफडी कम्पनीले वितरण गरेको थियो तर 'छक्का पन्जा २' वितरण गर्ने जिम्मा भने यसले पाएन । यसैकारण 'छक्का पन्जा २' लाई धक्का दिन एफडी कम्पनीले बर्ष २०७४ को सबैभन्दा ठूलो फिल्म 'कृ' जुधाउन लागेको स्रोत बताउँछ । 
 
'कृ' मा अनमोल केसीको मुख्य भूमिका भएका कारण यो फिल्मले मल्टिप्लेक्स र सिंगल हल कब्जा गर्नेमा शंका छैन् । यसो हुँदा 'छक्का पन्जा २' लाई ठूलो असर पर्छ । मल्टिप्लेक्स र सिंगल हलमा आक्रामक व्यापार गरेको 'छक्का पन्जा' ले सय दिन मनाउँदा १७ करोडको आसपासमा विजनेश गरेको थियो । यसैले पनि 'छक्का पन्जा २' लाई असोज ११ गते 'कृ' सँगको लडाई भारी पर्नेमा सायद शंका नउब्जिएला ।  
 
हुनत, 'छक्का पन्जा २' लाई मात्र होइन यो मिति 'कृ' का लागि पनि सोचे जस्तो सहज भने पक्कै हुने छैन् । किनकी यस बर्षको सर्वाधिक प्रतिक्षामा रहेको फिल्म हो 'छक्का पन्जा २' । यो विवाद साम्य भयो भने त ठिकै भयो यदी यसो भएन भने असोज ११ गते दुई ठूला फिल्मको घमासान युद्ध हेर्न लायकै हुनेछ । अझ दर्शकहरुमा भने यसले ठूलै अन्योलता सृजना गर्नेछ । तर, यस विषयमा एफडी कम्पनीका प्रदीप उदयले 'कृ' आफ्नो कम्पनीले नलिएको बताए । उनले भने, 'कृ हामीले लिएका होइनौं नत 'छक्का पन्जा २' सँग 'कृ' रिलिज हुने कुरा नै हामीलाई थाहा छ । 'छक्का पन्जा २' चाहिँ हामीले वितरण गर्ने कुरा भैरहेको छ तर फाइनल भने भएको छैन । 
 
अनमोल र आदिती बुढाथोकीको मुख्य भूमिका रहेको 'कृ' लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण बनेको यो फिल्मलाई अभिनेता भुवन केसी र सुवास गिरीले संयुक्तरुपमा तयार गरेका हुन् । त्यस्तै, दीपाश्री निरौला निर्देशित फिल्म 'छक्का पन्जा २' मा स्वरूपपुरुष ढकाल, स्वस्तिमा खड्का, प्रियंका कार्की, दीपकराज गिरी, वर्षा राउत, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेल र केदार घिमिरे लगायत कलाकारको मुख्य भूमिका छ ।