मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.00/5.00)
Text size:-
+
-

प्रेममा छन् प्रभास र अनुष्का

एजेन्सी, मुम्बई, 2017/05/25
एसएस राजामौलीको फिल्म 'बाहुबली २' ले अहिलेसम्म वर्ल्डवाइड १५ सय करोडमाथिको विजनेश गरिसकेको छ । फिल्मका मुख्य कलाकार प्रभास र अनुष्काको लोभलाग्दो केमेस्ट्री र उनीहरुको कामलाई दर्शकहरु खुबै रुचाए । तर, अहिले यी दुईको लिंकअपको खबर पनि बाहिर आएको छ र भनिएको छ कि यी दुईले विवाह पनि गर्न सक्छन् । एक पपुलर वेब पोर्टलको खबरका अनुसार, प्रभासका कारण अनुष्काले आफ्नो विवाह दुई बर्षका लागि रोकेकी थिइन् । 
 
प्रभास चाहन्थे कि अनुष्का मात्र बाहुबलीको सुटमा ध्यान दिओस् । किनकी उनी आफै नै फिल्मलाई लिएर निकै सिरियस थिए । यहाँ सम्मकी उनले फिल्मका लागि आफ्नो विवाह ५ बर्षसम्म रोकेका थिए । जब प्रभास फिल्म 'बाहुबली' को सुटमा व्यस्त थिए त्यसबेला उनीसँग ६ हजार यूवतीको विवाहको प्रपोजल आएको थियो  । तर, प्रभासले पूरा ध्यान फिल्ममा फोकस गर्नका लागि सबै प्रपोजल अस्वीकार गरे । हालैमा एक खबर आएको थियो कि प्रभास र अनुष्का एकअर्कालाई डेट गरिरहेका छन् । तर, यस विषयमा अहिलेसम्म यी दुर्ईले कुनै पनि जवाफ दिएका छैनन् ।