मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यी अभिनेताले गर्दैछन् 'नागिन' लाई लञ्च

एजेन्सी, मुम्बई, 2017/05/24
नागिनकी लिड हिरोइन मौनी रोयलाई लिएर केही दिन अगाडि खबर आएको थियो कि सलमान खान उनलाई लञ्च गर्दैछन् । तर, ताजा अपडेट्सलाई मान्ने हो भने मौनी अब अक्षय कुमारको नयाँ फिल्ममा देखिन सक्ने संभावना बढेको छ । मौनी फिल्म गोल्डमा अक्षयको अपोजिटमा देखिन सक्छिन् । यो फिल्ममा अक्षयले हकी कोचको रोल प्ले गर्नेछन् । फिल्ममा अमित साध पनि मुख्य भूमिकामा हुनेछन् । तर, अहिले नै मौनीको भूमिकालाई लिएर कुनै पनि आधिकारीक जानकारी बाहिर आएको छैन ।
 
मौनीले आफ्नो करिअरको सुरुवात २००७ मा 'क्योंकि सास भी कभी बहू थी' बाट सुरु गरेकी थिइन् । यसपछि उनले 'जरा नचके दिखा', 'कस्तूरी', 'पति पत्नी और वो', 'दो सहेलिया', 'फिर कोई है', 'देवो के देव महादेव', 'जुनूनस् ऐसी नफरत को कैसा इश्क' जस्ता टिभी शोजमा पनि काम गरिसकेकी छिन् । अहिले उनी 'नागिन' मा मुख्य भूमिकामा काम गरिरहेकी छिन् ।