मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकारले यसरी सम्झिए 'जालो' गर्दाको दुःख

फिल्मीखबर, काठमाडौं, 2017/05/24
विश्वमै सर्वाधिक लामो समयको ‘वन सट’ फिल्मको कीर्तिमान राख्ने दौडमा रहेको फिल्म ‘जालो’ यही जेष्ठ १९ गतेबाट अलनेपाल रिलिज हुँदैछ । वन सट भन्नाले सुटिङ सुरु हुँदा अन भएको क्यामरा सुटिङ सकिएपछि मात्र अफ हुन्छ । अरुमाजस्तो एक्सन/कट भन्ने हुँदैन । केही हप्ता अगाडि सार्वजनिक भएको फिल्मको ट्रेलरले नै दर्शकहरुमा कसरी वान सटमा नै 'जालो' खिच्न संभव भयो ? भन्ने खाल्का प्रश्नहरु पनि उठिरहेका छन् । 
 
अराजकेशव गिरीको कथा, पटकथा र निर्देशनमा तयार फिल्ममा अनुपविक्रम शाही, मेनुका प्रधान, रेमनदास श्रेष्ठ, निराजन प्रधान, मुना गौचन, नीर शाह, लक्ष्मी गिरी, भीष्म जोशी, प्रकाश श्रेष्ठ, मुक्तराम आचार्य, लक्ष्मी बर्देवालगायतले अभिनय गरेका छन्।
 
रिलिज डेट नजिकिँदै जाँदा अहिले फिल्मका निर्माता, निर्देशकदेखि कलाकारहरु प्रचार-प्रसारमा दिलोज्यान दिएर हिँडिरहेका छन् । यसैबिच फिल्मका तीन मुख्य कलाकार रेमनदास क्षेष्ठ, निराजन प्रधान र मुना गौचनले फिल्मखबर डटकमसँगको एक भेटको क्रममा 'जालो' गर्दाको दुःख सम्झिए । फिल्मको विषयमा कलाकार रेमनदास श्रेष्ठ भन्छन्, 'खासमा भन्ने हो भने मैले अनुभवका लागि नै 'जालो' मा काम गरेको हुँ । वान सट फिल्म भएका कारण मैले केही नसोचि फिल्म साइन गरेको थिएँ । रिहर्सनको बेला म फिल्म छाड्ने मनस्थितीमा पनि थिएँ किनकी यो फिल्ममा काम गर्न निकै गाह्रो थियो ।' उनका अनुसार, 'जालो' सस्पेन्स थ्रिलर फिल्म हो । उनी थप्छन्, 'एउटै घरमा त्यहाँ भएका घट्नाहरुलाई फिल्ममा देखाउने प्रयास गरिएको छ ।' 
 
फिल्मका अर्का मुख्य कलाकार निराजन प्रधानले 'जालो' आफ्नो डेब्यू फिल्म भएपनि काम गर्दा निकै रमाइलो भएको बताए । उनले भने, 'सानो पर्दाबाट एकैचोटी ठूलो पर्दामा जम्प गर्दा निकै रमाइलो लागिरहेको छ । अझ पहिलो डेब्यू फिल्म नै वान सट भएका कारण निकै च्यालेन्ज थियो तर च्यालेन्ज लिनमा पनि छुट्टै मज्जा थियो ।' 
 
त्यस्तै, फिल्मकी मुख्य नायिका मुना गौचनको पनि यो डेब्यू फिल्म हो । 'पहिलो पटक फिल्ममा काम गरेको त्यो पनि वान सटमा फिल्म । फिल्ममा काम गर्न निकै गाह्रो भएको थियो । मैले अभिनयको कुनै कोर्ष पनि लिएको थिइन् तर पनि सबैको साथले गर्दा जालो गर्न सफल भएँ ।', उनले भनिन् । उनले फिल्म 'जालो' ले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिने पनि बताइन् ।