मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

के फेरी फिल्म बनाउँदैछन् राजबल्लभ ?

फिल्मीखबर, काठमाण्डौ, 2017/05/24
लामो समयदेखि अमेरिकामा रहँदै आएका नायक राजबल्लभ कोइराला चाँडै फिल्ममा फर्किने तयारीमा छन् । एक समय नेपाली फिल्ममा संभावना बोकेका नायकको रुपमा चिनिएका राजबल्लभ कोइरालाले 'पर्खि बसेँ' बाट नेपाली रजतपटमा भित्रिएका थिए । हिट भन्दा धेरै फ्ल्प फिल्म आफ्नो नाममा लगातार दर्ता हुन थालेपछि उनले पुराना धेरै सेलिब्रेटी जस्तै अमेरिकाको बाटो रोजे । उनी अमेरिका बस्न थालेको लामै समय भैसकेको छ । 
 
अमेरिका भाँसिए पनि उनी अभिनयबाट भने टाढा रहन सकेका छैनन् । उनले अमेरिकामै रहँदा हलीउड फिल्म ‘हाइवे टु धम्पुस’ मा समेत काम गरेका थिए । तर, यो फिल्मले बक्स अफिसमा कमाल गरेन नत राजबल्लभलाई नै चम्कायो । 'पर्खि बसेँ' पछि 'अपवाद', 'फूल', 'सम्झि दिए पुग्छ', 'पल' लगायतका फिल्ममा काम गरिसकेका राजबल्लभ चाँडै नेपाली फिल्ममा कमब्याक सक्ने संकेत देखिएको छ । 
 
 
हालैमा राजबल्लभले आफ्नो आधिकारीक इन्स्टाग्राममा आफ्नो होम प्रोडक्शन कम्पनीको लोगो राख्दै लेखेका छन्, 'सायद, फेरी कुनै दिन ।' यसबाट के अनुमान लगाउन सकिन्छ भने उनी आफ्नै होम प्रोडक्शनको फिल्मबाट कमब्याक गर्ने तयारीमा छन् । हुनत, उनको कमब्याकको खबर केही महिनादेखि नचलेको होइन तर अहिलेसम्म यस्तो हुन सकेको भने छैन् । उनले यसअघि 'राघव' नामक नेपाली फिल्म निर्माण गरेका थिए तर यो फिल्म हलमा रिलिज नभई एकैचोटी युट्युबमा सार्वजनिक भएको थियो ।