मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फ्लोरमा रेखा र आर्यनको 'रुद्र प्रिया'

फिल्मीखबर, काठमाण्डौ, 2017/05/25
झण्डै ७ बर्षपछि एउटै फिल्ममा देखिन लागेका नायिका रेखा थापा र नायक आर्यन सिग्देलको मुख्य भूमिका रहने फिल्म 'रुद्र प्रिया' को आजबाट सुटिङ सुरु भएको छ । बिहीवार बन्दीपुरको खड्गदेवी माई मन्दिरमा फिल्मको शुभसाइत गरेपछि सुटिङ सुरु भएको नायिका तथा निर्मात्री रेखा थापाले जानकारी दिइन् । फिल्मको शुभसाइतमा फिल्मका नायक आर्यन भने उपस्थित थिएनन् । रेखाले भनिन्, 'आज मेरो सिन खिच्नु पर्ने भएकाले आर्यन अनुपस्थित भएको हो । भोलीबाट मेरो र आर्यनको सिन खिच्ने काम सुरु हुन्छ ।' 
 
 
४० दिनसम्म खिचिने यो फिल्मको छायांकन बन्दिपुर, पोखरा, जिरी लगायतका स्थानहरुमा हुनेछ । फिल्मका गीतमा अर्जुन पोख्रेल, राजनराज सिवाकोटी र सुरेश अधिकारीको संगीत रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी रहनेछ । ‘रुद्र प्रिया’ का निर्देशक ‘माला’ फिल्मका निर्देशक सुदीप भूपाल सिंह हुन् । आमा सरस्वती थापा निर्माता रहने फिल्म ‘रुद्र प्रिया’ मा रमेश पौडेलले लगानीमा रेखाले पनि साथ दिएकी छिन् । ‘रुद्र प्रिया’ पनि नारीप्रधान फिल्म हुने रेखाले जनाएकी छन् । फिल्मका सिनेम्याट्रोग्राफर सञ्जय लामा हुन् । फिल्मको रिलिज कार्तिक २ गते लक्ष्मी पुजालाई लक गरिएको छ ।