Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वृद्ध र असाहयलाई 'लाल्टिन' को सहयोग

फिल्मीखबर, काठमाडौं, 2017/06/04
जेष्ठ २६ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको दयाहाङ राई र प्रियंका कार्की स्टारर फिल्म 'लाल्टिन' ले अहिले आफ्नो पब्लिसिटीलाई आक्रामक बनाइरहेको छ । फिल्मको प्रचार-प्रसारमा दया र प्रियंकाको साथ नपाएपनि विभिन्न तरिका अपनाउँदै निर्माणपक्षले आफ्नो पब्लिसिटीमा भने कमी हुन दिएको छैन् । यस्तैमा फिल्म यूनिटले प्रचारलाई थप आक्रामक बनाउने क्रममा समाजसेवामा पनि हात अगाडि बढाएको छ ।
 
हिजो शनिवार कलाकारदेखि निर्माताले पशुपति, संकटा लगायतका क्षत्रेमा पुगेर वृद्ध, असाहयहरुलाई 'लाल्टिन' को पोष्टर छापिएको टिसर्ट वितरण गरेको छ ।  कलाकारहरु निर्जन थापा, राज कटुवाल, गायक विनोद ढकालसँगै निर्माता  भानु प्रताप, अनिम श्रेष्ठ, राज केसीले पशुपति र संकटा मन्दिरमा पुगेर टिसर्ट वितरण गरेका थिए । उक्त कार्यक्रममा बोल्दै 'लाल्टिन' टिमले यस खालका समाजसेवालाई अन्य दिनमा पनि निरन्तरता दिइने बताए । 
 
 
दयाहाङ्, प्रियंकाका अलवा फिल्ममा निर्जन थापा, राज कटुवाल, केकी अधिकारी, जनक बर्तौला, अर्जुन जंग शाही, ए. गुरुङ  लगायतका कलाकारको पनि मुख्य भूमिका छ । एमसन पिक्चर्सको ब्यानरमा भानु प्रतापको प्रस्तुती रहेको फिल्म 'लाल्टिन' मा अनिम श्रेष्ठ र राज केसीको लगानी रहेको छ । देव कुमार श्रेष्ठले फिल्मलाई निर्देशन गरेका हुन् । 
Most Visited News (monthly)