मिति : २०८१ वैशाख २८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जब शाहरुखले आफ्नो निधनको समाचार आफैले हेरे...

एजेन्सी, काठमाण्डौ, 2017/06/03
बलीउडस्टार शाहरुख खानले हालैमा चलेको आफ्नो निधनको हल्लाको विषयमा सोसल मिडियमा जवाफ दिएका छन् । शाहरूखले आफ्नो एक तश्वीरसँग ट्विटरमा ट्वीट गर्दै लेखेका छन्, TGIF! Survived the week inspite of a plane crash, fatal accident on sets & yet another title of Imtiaz Ali film!
 
यूरोपको एक च्यानलले शाहरुख खानको निधनको खबर प्रशारण गरेर सबैलाई चकित बनाइदिएको थियो । यूरोपियन न्यूज नेटवर्कको च्यानल एल पेसले ब्रेकिंग न्यूजमा बताएको थियो, 'शाहरुख खान ७ व्यक्तिका साथ एक प्राइभेट जेट गल्फस्ट्रीम G550 बाट पेरिस गैरहेका थिए र त्यसैबेला उनको प्लेन दुर्घटना भयो ।' 
 
त्यहीँ, केही दिन अगाडि पनि आनन्द एल रोयको नयाँ फिल्मको सेटमा घट्ना घटेको थियो । त्यहाँ छतको एक ठूला हिस्सा खसेको थियो, जसमा शाहरुख खानले मुश्किलले ज्यान बचाउन सफल भएका थिए ।