मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.50/5.00)
Text size:-
+
-

प्रभासको नयाँ फिल्मको ट्रेलर रिलिज

एजेन्सी, मुम्बई, 2017/06/03
फिल्म 'बाहुबली २' मा प्रभास र अनुष्का शेट्टीको जोडीलाई दर्शकहरुले खुबै रुचाए । यो फिल्ममा 'देवसेना' बनेर 'बाहुबली' सँगै अनुष्काले दर्शकहरुहरुको पनि मन जितिन् । अब उनीहरुका प्रशंसकहरुका लागि खुशीको खबर आएको छ कि चाँडै दर्शकहरुले फेरी अर्को नयाँ फिल्ममा प्रभास र अनुष्काको जोडीलाई देख्न पाउँदैछन् । खासमा अनुष्का र प्रभासको एक तेलुगू फिल्म चाँडै नै हिन्दीमा रिलिज हुँदैछ । 
 
यो फिल्मको नाम 'बिल्ला' हो, जुन २००९ मा तेलुगूमा रिलिज भएको थियो । यो फिल्मको तेलुगू भर्जन सुपरहिट भएको थियो । यो फिल्ममा अनुष्का शेट्टीको एक अलग अवतार देख्न पाइनेछ । फिल्ममा प्रभास डबल रोलमा देखिनेछन् । यो फिल्मको हिन्दी भर्जनको नाम हुनेछ 'द रिर्टन अफ रिवेल २' । फिल्ममा हन्सिका मोटवानीको पनि मुख्य भूमिका छ । फिल्म द' रिर्टन अफ रिवेल २' को हालैमा ट्रेलर पनि सार्वजनिक भएको छ ।