Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रिमियरमा 'पञ्चायत' लाई सुखद प्रतिक्रिया

फिल्मीखबर, काठमाण्डौ, 2017/06/03
पञ्चायत कालको कथामा आधारित भएर निर्माण भएको फिल्म 'पञ्चायत' को गएको बिहीवार चितवनमा भब्य रेड कार्पेट प्रिमियर गरिएको छ । सरोज खनाल, शोभित बस्नेत, बिमल पौडेल, लय संग्रौला, निशा अधिकारी, गजित विष्ट, जाहान्वी बस्नेत, गणेश गिरि, किरण थापा, विशाल पहरी, ऋद्धि चरण श्रेष्ठ, पर्साद श्रेष्ठ, पुष्प आचार्य, विरेन डिसी लगायतका कलाकारहरु प्रिमियरमा सहभागी थिए । फिल्म हेरेका सबैले 'पञ्चायत' को कथावस्तु र कलाकारको अभिनयको खुलेर तारिफ गरेको निर्माता रवि अधिकारीले जानकारी दिए । फिल्मकी मुख्य नायिका नीता ढुंगाना भने अष्ट्रेलियामा भएका कारण 'पञ्चायत' को प्रिमियरमा उपस्थित हुन पाइनन् । 
 
फिल्ममा सरोज खनाल, नीता ढुङगाना, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ आदीको अभिनय रहेको छ।  फागुन १८ गतेदेखि अल नेपाल रिलिजको तयारी गरिएको फिल्ममा शिवम अधिकारीको लेखन र निर्देशन छ। ग्रामीण परिवेश र पुरानो संस्कृति झल्काउने फिल्ममा गणेश गिरीको प्रस्तुति तथा सुशान्त श्रेष्ठ र शंकर सुवेदीको लगानी छ।