
सोझी र सुन्दर नायिकाको रुपमा नेपाली सिनेमा क्षेत्रले सधै सम्झिरहने नाम हो नायिका यूना उप्रेती । 'पर्खी बसेँ' फिल्मकी हिट नायिका यूना अहिले अमेरिकामा बस्छिन् । 'सम्झिँ दिए पुग्छ', 'फर्केर हेर्दा', 'फर्ज', 'चन्द्रावती', 'दिलमा सजाएँ तिमीलाई' लगायतका फिल्ममा दमदार अभिनय गरेकी यूना एक कार्यक्रमको शिलशिलामा केही बर्ष अगाडि अमेरिका पुगेकी थिइन् । त्यसपछि उनले नेपाल फर्किएर अभिनयलाई निरन्तरता दिन सकिनन् । नेपाली सिनेमा क्षेत्रमा आशातित सफलता नपाएपछि यूना अमेरिका हानिएकी थिइन् ।


प्रकाश आङदेम्बेले डेब्यु निर्देशन गरेको नेपाली फिल्म 'देश खोज्दै जाँदा'को रिलीट डेट कन्फर्म भएको छ । लाइन क्रस मुभिजको व्यानरमा निर्माण भएको यो फिल्म भदौ ९ मा रिलिज हुनेछ ।

हेर्नेहरुका लागि रंगीन छ नेपाली फिल्म क्षेत्र । चारै तिर मिडियाको क्यामेरा अनि अटोग्राफका लागि फ्यानको लाग्ने भिड देख्दा जो कोहीँ फिल्मको स्टार बन्ने सपना बुन्छन् । तर, बाहिर देखे जस्तो विल्कुलै छैन यो क्षेत्र ।



