Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

जीवन लुईंटेल : सस्तो बन्दा ध्वस्त

फिल्मीखबर, काठमाण्डौ, 2017/08/02
 
'मिस्टर नेपाल २००२' को बिजेता बनेसँगै नायक जीवन लुईंटेलले मोड्लिङमा करिअर सुरु गरेका थिए । म्युजिक भिडियो हुँदै 'तिर्खा' फिल्मबाट नेपाली फिल्मी क्षेत्रमा प्रवेश गरेका लुईटेलले केही सफल फिल्म दिएका छ्न । 
 
नोटबुक, अन्दाज, नाइँ नभन्नु ल, मालतीको भट्टी, रिदम लगायतका फिल्म दिएका जीवनको करिअरमा पछिल्लो समय केहि फ्लप फिल्मले धक्का दिएका छन् । लगातार एकपछि अर्को फिल्म असफल भएपछि जीवन अहिले रिजर्भ बसेका छन् । पछिल्लो पटक उनी अभिनित फिल्म 'लेकसाइड' प्रदर्शनमा आएको थियो । 
 
कसम हजुरको, दीपशिखा, जब जब माया बस्छ, म तिम्रो भईसकें, शीशा, धून, ठूली, स्टुपिड मन, राधा, सुब्बा साब, रिफ्यूजी, लेकलाइड लगायतका फिल्महरु असफल भएपछि जीवनले अबको दुई वर्षभित्रमा आफ्नै लगानीमा फिल्म निर्माण गर्ने बताएका थिए । प्राप्त जानकारी अनुसार, अहिले जीवन आफ्नै लगानीमा निर्माण हुने फिल्मको तयारीमा छन् । उनले हाल बाहिरी ब्यानरका कुनै पनि फिल्म साइन गरेका छैनन् । 
 
केही वर्ष अगाडिसम्म हातमा आएका कुनै पनि नछोड्ने जीवन अहिले आफ्नो क्रेज बचाउनतर्फ केन्द्रित छन् । गुणस्तरको दौडमा भन्दा पनि जीवनलाई संख्या बढाउनतर्फ फिल्म खेल्ने गरेको आरोप पनि खुबै लागिरहेको छ । तर, गएको वर्ष प्रदर्शनमा आएको फिल्म 'लेकसाइड'पछि उनी अभिनित कनै पनि फिल्म प्रदर्शनमा आएका छैनन् । 
 
एकताका जीवनलाई आर्यन सिग्देलको प्रतिस्पर्धी मानिन्थ्यो । आर्यनको फिल्म क्षेत्रमा राम्रो दबदबा रहँदा जीवनको इन्ट्री भएको थियो । जीवनको चकलेटी मुहार, भुतुक्कै बनाउने मुस्कान र अभिनयको अझै पनि राम्रो फ्यान छन् । तर, एकपछि अर्को फिल्ममा कमजोर भूमिका र निन्द्रा लाग्ने कथावस्तुले अहिले जीवनलाई आफ्नो क्रेज फर्काउन हम्मे-हम्मे परिरहेको छ । के फेरि फर्किएला 'नाई नभन्नू ल' ताकाको जस्तै जीवनको क्रेज ? 
Most Visited News (monthly)