Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

रेखाले मागिन् आर्यनसँग औंठी चिनो (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/08/02
 
कात्तिक २ गते अर्थात्, लक्ष्मीपुजाको दिनलाई रिलिज कन्फर्म गरिएको फिल्म ‘रुद्रप्रिया’को पहिलो गीत रिलिज भएको छ । निर्माण पक्षले फिल्ममा समाबेश लोक लयको ‘मेरो माया छ भने’ बोलको गीतको भिडियो बुधवार सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा राजनराज सिवाकोटीको संगीत छ भने स्वर संगीतकार सिवाकोटी र गायिका मेलिना राईको छ । यस्तै, गीतमा गायक तथा संगीतकार सिवाकोटीकै शब्द र राजन इशानको एरेञ्ज छ ।  
 
भिडियोमा रेखा थापा, आर्यन सिग्देल र राजन इशान फिचरिङ छन् । आर्यन रेखालाई 'माया भए' रुमाल चिनो माग्दैछन् भने रेखा आर्यनसँग औंठी चिनो माग्दैछिन् । सञ्जय लामाले आकर्षक तरिकाले भिडियो खिचेका छन् । झण्डै ८ वर्षपछि पर्दामा फर्किएका आर्यन र रेखाको केमेष्ट्री पनि गज्जबको देखिन्छ । गीतका कोरियोग्राफर प्रविन सिंह हुन् । 
 
रेखाले ‘मेरो माया छ भने’ बोलको भिडियो निर्माण गर्न एक हप्ता लागेको जानकारी दिइन् । उनले भनिन्, 'रुद्रप्रियाको यो गीतमा निकै दुःख गरेका छौं । फिल्मको झण्डै आधा बजेट हामीले यो गीतमा खर्चिएका छौं ।' यो गीतको भिडियो बन्दिपुरमा भब्य सेट तपार पारेर खिचिएको हो । उनका अनुसार, यो गीत खिच्न १५ लाखभन्दा बढी खर्च लागेको छ । 
 

 

फिल्म ‘रुद्रप्रिया’लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन । फिल्ममा सिवाकोटी सहित सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । 

 
यसअघि लगातार नारीप्रधान फिल्ममा अभिनय गर्दै आइरहेकी नायिका रेखा थापाले ‘रुद्रप्रिया’ पनि नारी प्रधान रहेको बताइन् । ‘रुद्रप्रिया’ सरस्वती थापा र आर्यन फिल्म्स्ले निर्माण गरेको हो । ‘रुद्रप्रिया’ को कथाबस्तु एक्शन लभमा आधारित छ ।
Most Visited News (monthly)