Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छक्का पन्जा’लाई युट्युबमा १ करोड भ्यू

फिल्मीखबर, काठमाण्डौ, 2017/08/03
 
गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘छक्का पन्जा’ले विभिन्न रेकर्ड बनायो । सिनेमा हलमा सय दिनको सुखीयाली साट्दै गर्दा फिल्मले १७ करोड ग्रस विजनेश गरेको थियो । यो नेपाली फिल्म इतिहासमा नै पहिलो हो । फिल्मले व्यापारमा मात्र रेकर्ड बनाएन गीतसंगीतले पनि इतिहासका पान्नामा सुनौलो अक्षरले नाम लेखे । फिल्मको 'पूर्व पश्चिम रेल'ले युट्युबमा करोड बढी भ्यू पायो । 
 
फेरि ‘छक्का पन्जा’ले युट्युबमा अर्को रेकर्ड बनाएको छ । यो रेकर्ड पनि अहिलेसम्म कुनै पनि नेपाली फिल्मले बनाउन सकेका छैनन् । गीत जस्तै फिल्म ‘छक्का पन्जा’लाई पनि युट्युबमा करोडभन्दा बढी पटक हेरिएको छ । यो समाचार तयार पार्दासम्म युट्युबमा ‘छक्का पन्जा’ हेर्नेको संख्या १ करोड ४ हजार १ सय २९ छ । फिल्मलाई ५२ हजार बढी लाइक र ७ हजार बढी डिसलाइक मिलेको छ । यो फिल्मको नेम सिक्वेल 'छक्का पन्जा' २ असोज ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । 
 
फिल्म ‘छक्का पन्जा’मा दीपकराज गिरी, प्रियंका कार्की, जीतु नेपाल, केदार घिमिरे, बर्षा राउत, नम्रता सापकोटा, वुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका थियो । फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी थिइन् । 
 

Most Visited News (monthly)