Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

काजोलले बलीउडमा पूरा गरिन् २५ वर्ष

एजेन्सी, मुम्बई, 2017/08/02
 
अभिनेत्री काजोलले बलीउडमा आफ्नो २५ वर्ष पूरा गरेकी छिन् । बलीउडमा २५ वर्ष पुगेको अवसरमा सोसल मिडियामा आफ्ना प्रशंसकहरुसँग आफ्नो एक पुरानो तश्वीर शेयर गर्दै सबैलाई धन्यवाद दिएकी छिन् । 
 
काजोलले वर्ष १९९२ मा आएको फिल्म ‘बेखुदी’ बाट फिल्मी दुनियाँमा पाइला राखेकी थिइन् । तर, उनलाई १९९३ मा रिलिज भएको फिल्म ‘बाजीगर’ बाट सफलता मिल्यो । सोसल मिडियामा आफ्नो एक तश्वीर शेयर गर्दै काजोलले लेखेकी छिन्, ‘वितेको २५ वर्ष खुब याद आउँछ । धेरै माया निकै लामो समयसम्म । साच्चै म निकै आभारी छु ।’  
 
काजोल, अभिनेत्री तनुजा तथा निर्देशक-निर्माता शोमू मुखर्जीकी छोरी हुन् । काजोलले १९९९ मा अभिनेता अजय देवगनसँग विवाह गरेकी थिइन् । यी दुईका एक छोरी न्यसा र एक छोरा युग छन् । उनी अभिनित ‘बाजीगर’, ‘गुप्त’, ‘दुश्मन’, ‘इश्क’, ‘करण अर्जुन’, ‘प्यार किया तो डरना क्या’,  ‘दिलवाले दुल्हनिया ले जाएंगे’,  ‘कुछ कुछ होता है’,  ‘कभी खुशी कभी गम’, ‘फना’,  ‘माई नेम इज खान’ लगायतका फिल्महरु सुपरहिट छन् । 
 
काजोल पछिल्लो पटक ठूलो पर्दामा २०१५ मा रोहित शेट्टीको फिल्म ‘दिलवाले’ मा देखिएकी थिइन् र उनको नयाँ फिल्म ‘भी.आई.पी २’ हो, जसमा उनले तेलगू सुपर स्टार धनुषसँग काम गरेकी छिन् । 
Most Visited News (monthly)