बलीउड सुपरस्टार आमिर खानको नयाँ फिल्म ‘सीक्रेट सुपस्टार’ को ट्रेलर लञ्च भएको छ । फिल्ममा आमिरसँग 'दंगल' गर्ल जायरा वसीम लीड रोलमा देखिएकी छिन् । ट्रेलरमा आमिरको लुक उनको अहिलेसम्मको फिल्मभन्दा विल्कुलै फरक छ ।
फिल्मले मुस्लिम फेमिलीको एक बालिकाको कहानी बोल्छ, जसलाई गायिका बन्नु छ तर उनका पितालाई यो कुरा मन पर्दैन । आफ्नो सपना पूरा गर्नका लागि उनले युट्युबमा बुर्का लगाएर आफ्नो एक भिडियो अपलोड गर्छिन, जसलाई निकै रुचाइन्छ । आमिरले यो फिल्ममा म्यूजिक डायरेक्टरमो भूमिका निर्वाहा गरेका छन् ।
‘सीक्रेट सुपस्टार’मा जायरा वसीम, मेहर विज र आमिर खान प्रमुख भूमिकामा छन् । अद्वैत चन्दनको निर्देशनमा बनेको फिल्म ‘सीक्रेट सुपस्टार’ १९ अक्टूबरमा रिलिज हुँदैछ ।

