

सिजी कामना फिल्म अवार्ड्सको तेस्रो संस्करण आगामी पुष २२ गते शनिबार राजधानीमा हुने भएको छ । कुल ३२ विधामा हुने अवार्ड समारोह राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न हुनेछ ।

वैशाख १४ लाई रिलिज मिति तय गरेको लिलीबिली दुई हप्ता अगाडि आएको छ । स्टकल्यान्डमा धमाधम सुटिङ भइरहेको फिल्मले रिलिज मिति प्रिपोन्ड गरेको हो । फिल्म चैत ३० मा रिलिज हुन लागेको हो । तर निर्माता गोविन्द शाहीले पहिलेदेखि नै फिल्मको रिलिज मिति चैत नै रहेको बताए ।

नेपालमा सुटिङ हुने भनेर चर्चामा रहेको ‘सन्दिप और पिंकी फरार’ अन्ततः नेपालको सेड्युलका लागि मंगलबार बैतडी आउने भएको छ । दिवाकर बनर्जीले निर्देशन गर्ने फिल्म नेपाल र भारतको सीमा क्षेत्रमा सुटिङ हुन लागेको हो ।

सबै कलाकारलाई डेब्यु फिल्मको भर खुब हुन्छ किनकी फिल्मी करिअर उकास्ने वा निमोठ्ने त्यो डेब्यु फिल्मले नै निर्धारण गर्छ । कतिले इन्ट्रीमै रसबरीको मिठो स्वाद चाख्छन् भने कतिलाई पहिलो गाँसमै ढुंगा लाग्छ ।


