मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

युट्युबमा हिट ‘रुपै मोहनी’

फिल्मीखबर, काठमाण्डौ, 2018/01/21
 
एक समय युट्युबमा लाख 'भ्यूु' नपुग्ने नेपाली गीतसंगीत अहिले करोडभन्दा बढी पटक हेरिन थालिएका छन् । हुनत, युट्युबमा लाखौं वा करोडौं 'भ्यूज' गएका गीतसंगीत र ट्रेलरका कारण फिल्म पनि हिट हुन्छ भन्ने छैन । तर, केहीको हकमा भने यो कुरा लागू भएको छ ।
 
करीब ३ हप्ता अगाडि इन्टरनेट रिलिज भएको फिल्म ‘शत्रु गते’मा समावेश ‘रुपै मोहनी’ बोलको गीतले पनि युट्युबमा आक्रामक भ्यूज पाएको छ । यो गीतलाई हालसम्म ५० लाख बढीको नजर परिसकेको छ । यो गीत अहिले नेपालको युट्युब ट्रेन्डिङको नम्बर २७ मा छ ।
 
गीतसंगीत उत्कृष्ट भएकै कारण धेरै फिल्मले बिजनेशमा बाजी मारेको रेकर्ड फिल्म क्षेत्रमा छ । त्यसैले पनि ‘शत्रु गते’को व्यापारिक सफलताको लागि यो गीतले ठूलो अर्थ राखेको छ । चैत ९ गतेबाट रिलिज हुने यो फिल्मले गीत झैँ व्यापार पनि आक्रामक गर्ने धेरैको अनुमान छ ।
 
बौद्धस्थित समता अस्पतालमा छायांकन गरिएको लोक फ्लेवरको ‘रुपै मोहनी’ बोलको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने संगीत टंक बुढाथोकीले दिएका छन् ।
 
गीतलाई टंक र मीना निरौलाले संयुक्त रुपमा गाएका छन् । कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको गीतलाई दिर्घ गुरुङले खिचेका हुन् ।
 
भिडियो :-

 
हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारले गीतको भिडियोमा ठुम्का लगाएका छन् । यस गीतमा तीन पुस्तालाई देखाइएको छ । गीतमा हरिवंश र दीपा, दीपक र प्रियंका तथा पल र आँचलको जोडीलाई देख्न पाइन्छ ।
 
तराई र काठमाण्डौमा छायांकन गरिएको यो फिल्म मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको हो । ‘शत्रु गते’लाई जात्रा फेम निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।
 
फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ ।