मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हुर्रे’ गीत रिलिज, पशुपतिमा नीताको ‘हट डान्स’

फिल्मीखबर, काठमाण्डौ, 2018/01/21
फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘हुर्रे’ को दोस्रो गीत रिलिज भएको छ । यसअघि सार्वजनिक भएको ‘ठेकीमा दही’ बोलको गीतले उत्कृष्ट प्रतिक्रिया पाएपछि आइतवार निर्माण यूनिटले ‘बाँचे नी पशुपति मरे नी पशुपति…’ बोलको गीत सार्वजनिक गरेको छ । 
 
काली प्रसाद बाँस्कोटा र एकतारेको शब्द रहेको गीतमा कालीकै संगीत रहेको छ । गीतमा जुमा लिम्बु र गीतकार तथा संगीतकार कालीप्रसादको स्वर सुन्न सकिन्छ । धार्मिक स्थल पुशपति क्षेत्रमा खिचिएको भिडियोमा नायिका नीता ढुंगानाले हट आइटम डान्स गरेकी छिन् ।
 
उनीसँगै अंकित खड्का, राजाराम पौडेल लगायतका कलाकारहरुले पनि गीतमा ठुम्का लगाएका छन् । भिडियोका कारियोग्राफर विक्रम स्वाँर हुन् । 
 
 
पहिलो पटक नायिका ढुंगानाले आइटम नृत्य गरेकी हुन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै नीताले भनिन्, ‘पहिलो पटक आइटम गीतमा नृत्य गर्न पाउँदा निकै खुसी महशुस भयो । गीत आफैंमा राम्रो भएका कारण पनि मैले काम गरेको हुँ ।’ कार्यक्रममा उनले आफ्नो लाइभ नृत्य पनि देखाइन् ।  
 
यम थापाको लेखन/निर्देशनमा बनेको कमेडी जनराको फिल्ममा केकी अधिकारी, अनुपबिक्रम शाही, संगीता नापित लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ । दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माणमा बनेको फिल्मलाई चन्दन दत्तले सम्पादन गरेका छन् । 
 
फिल्ममा केकीले पशुपतिमा फूल बेच्ने यूवतीको भूमिका निर्वाहा गरेकी छिन् । यस्तै, अनुपबिक्रम पशुपति मन्दिरमा पुजापाठ गर्ने पण्डित बनेका छन् ।
 
भिडियो :-