Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुई दिनमा ‘सिक्रेट सुपरस्टार’ले चीनमा कमायो सय करोड

एजेन्सी, मुम्बई, 2018/01/22
 
बलिउड सुपरस्टार आमिर खानको फिल्म ‘सिक्रेट सुपरस्टार’ यो हप्ताको शुक्रवारबाट चीनमा प्रदर्शन भएको छ । रिलिजको पहिलो दिन नै यो फिल्मले आमिरको फिल्म 'दंगल'को रेकर्ड समेत तोडेको छ । चीनमा प्रदर्शनको दोस्रो दिनमा यस फिल्मले सय करोड ग्रस विजनेश गरेको छ । 
 
चीनमा आमिरको यो फिल्मले दुई दिनमा नै भारतको लाइफटाइम कमाईलाई पछाडि छाडिदिएको छ । यो फिल्मले पहिलो दिन चीनको बक्स अफिसमा ६.८६ लाख डलर अर्थात्, ४३. ३५ करोड कलेक्सन गर्‍यो । यस्तै, दोस्रो दिन १०.४५ लाख डलर कमाउन सफल भयो । योसँगै फिल्मले दुई दिनमा १७ लाख ३१ हजार डलरको विजनेश गरेको छ । अर्थात्, ‘सिक्रेट सुपरस्टार’ले दुई दिनमा ११०.५२ करोड कलेक्सन गरेको छ ।   
 
‘सिक्रेट सुपरस्टार’ चीनमा रिलिज भएको भारतीय फिल्ममध्ये अब पहिलो दिन सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको छ । फिल्ममा आमिर खानसँगै जायरा वसीमको मुख्य भूमिका छ । आमिर खान र उनकी पत्नी किरण रावको निर्माण र अद्वैत चन्दनको निर्देशन रहेको फिल्म ‘सिक्रेट सुपरस्टार’को कथा अद्वैत चन्दनले लेखेका हुन् । 
 
‘सिक्रेट सुपरस्टार’ले पारिवारिक बन्धनका कारण लुकेर आफ्नो गायन कला सार्वजनिक गर्ने बालिकाको कथा देखाउँछ।  
Most Visited News (monthly)