मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कोहलपुर एक्सप्रेस’को ‘सि-ओे-डब्लु काउ’ गीत रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2018/01/22
 
नायिका केकी अधिकारीले पहिलो पटक निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत रिलिज भएको छ । सरस्वती पुजाको अवसर पारेर सार्वजनिक गरिएको ‘सि-ओे-डब्लु काउ...’ बोलको गीतमा राजनराज सिवाकोटीको रचना, संगीत र स्वर रहेको छ । गायनमा राजनराजलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । 
 
राजनराजले यो गीतमा नयाँ टेस्ट दिने प्रयास गरेका छन् । लोक, पप र आधुनिक फ्लेवर मिश्रण गीतको भिडियोमा नायिका द्वय केकी अधिकारी र रीमा विश्वकर्मासँगै कलाकार द्वय विनोद न्यौपाने र गम्भीर विष्ट फिचरिङ छन् । रीमा र गम्भीर यो गीतमा मात्र छन् । 
 
केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्धि तामाङ, रबिन्द्र झा, सुजन कार्की, कुसाग्र भट्टराई लगायतको ‘कोहलपुर एक्सप्रेस’मा अभिनय रहेको छ । फिल्मलाई बिशाल भण्डारीले निर्देशन गरेका हुन् । भण्डारीले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् । 
 
भिडियो :-

 
अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा राजनराज सिवाकोटीसँगै अर्जुन पोखरेल र कालीप्रसाद बासकोटाको संगीत छ । केकीका अलावा भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’को निर्माताका रुपमा रहेका छन् । 
 
शान बस्नेतको कथा, लोकेश बज्राचार्यको सम्पादन, गम्भिर विष्टको नृत्य रहेको यो फिल्मले तीन यूवतीको कथा भन्नेछ । यो फिल्म बैशाख १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।