अभिनेता सुशील क्षेत्री स्टारर फिल्म ‘तुवाँलो’ को अमेरिकाको बाल्टिमोरमा प्रिमियर भएको छ । सो ठाउँमा फिल्मको दुई शो भइसकेको छ । फिल्ममा दलित समुदायभित्रको दलित र भेदभाव तथा बेरोजगारको कथालाई समेटिएको निर्माता गिरिप्रसाद सुनारले बताए ।
.jpg)
प्रिमियरमा फिल्मका निर्माता तथा कलाकार गिरीप्रसाद सुनारलाई नासो संस्थाको तर्फबाट सम्मान गरिएको थियो । मेरिल्याण्ड तथा पेन्सिलभेनिया राज्यका अवैतनिक महाबाणिज्यदुत प्रेमराजा महतलगायतले सम्मान गरेका थिए ।
प्रिमियर शोमा फिल्मले उठाएको विषय र प्रस्तुतिको अधिकांशले तारिफ गरेका थिए । दीपक परियारको निर्देशन रहेको फिल्ममा सुशीलका अलावा पूजा पराजुली, रमेश आब्जु, सुरेन्द्र बराल, रस्मि भट्ट, गिरीप्रसाद सुनार, भिमसेन श्रेष्ठलगायतको अभिनय छ ।
.jpg)
जिएस मुभि मेकर्सको निर्माण एवं लुम्बिनी मुभि मेकरको प्रस्तती यो फिल्ममा भिमसेन श्रेष्ठ, गिरीप्रसाद सुनार र रमेश आब्जुको निर्माण रहेको छ । नेपालमा भने फिल्म बैशाखमा रिलिज हुने बताइएको छ ।

