बलिउडकी बार्बी गर्ल कैटरीना कैफ, दबंग स्टार सलमान खानलाई शाहरूख खान र आमिर खानको तुलनामा उत्कृष्ट अभिनेता मान्छिन् । उनले बलिउडका त्रिमूर्ति शाहरूख, आमिर र सलमानसँग काम गरिसकेकी छिन् ।
फिल्म इन्डस्ट्रीमा उनलाई स्थापित गर्ने श्रेय सलमानलाई दिने गरिन्छ । कैटरीना, सलमानलाई आफ्नो मेन्टर पनि मान्छिन् । दुईले एकसाथ फिल्म 'मैंने प्यार क्यों किया', 'पार्टनर', 'युवराज', 'एक था टाइगर' र 'टाइगर जिन्दा है' मा काम गरेका छन् ।

स्क्रृनमा यो जोडीलाई दर्शकले अत्याधिक रुचाएका छन् । करण जौहरको प्रसिद्ध शो 'कफी विद् करण' मा कैटरीनाले तीन खानको अभिनय क्षमताको तुलना गर्नु पर्ने प्रश्नमा उनले भनिन्, 'सलमान सबैभन्दा अगाडि ।'
उनी भन्छिन्, 'मलाई थाहा छैन मानिसहरु यस बारेमा ध्यान दिन्छन् कि सलमानको करिअर कति लामो छ वा उनीहरु त्यसलाई सम्झन चाहन्छन् तर मेरो भित्रको कुरा भन्नु पर्दा सलमान दुईको मुकावलामा सबैभन्दा राम्रा अभिनेता हुन् ।'
कैटरीना अचेल सलमानसँग फेरि एकपटक फिल्म ‘भारत’ मा काम गरिरहेकी छन् । यो फिल्मका लागि पहिला प्रियंका चोपडाको नाम सामेल थियो । तर, पछि उनले फिल्म छाडेपछि कैटरीनाको इन्ट्री भएको हो ।

