.jpg)
राजु गिरी निर्देशित फिल्म ‘निर्जला’ को अफिसियल ट्रेलर युट्युबमार्फत् वल्ड वाइड रिलिज भएको छ । असोज १९ गते आउने फिल्मको ट्रेलरमा वैदेशिक रोजगारीले समाजमा पारेको प्रभावसँगै त्रिकोणात्मक प्रेम देखाइएको छ ।
फिल्ममा किशोर खतिवडा, शुभेच्छा थापा, निक शर्मा, श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापालगायतको अभिनय छ । प्रकाशचन्द्र न्यौपाने निर्मित ‘निर्जला’ ले गाउँले परिबेशको कथा भन्छ ।
फिल्ममा अशोक खड्काको द्वन्द्व, कमल राईको नृत्य तथा रवि कोइरालाको छायांकन रहेको छ । निर्देशक गिरी आफूले निर्देशन गरेका अन्य फिल्मभन्दा ‘निर्जला’ फरक रहेको बताउँछन् ।
ट्रेलर हेर्नुहोस् :-

