Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीप र जसिताको ‘लभ स्टेशन’ मुहूर्त, हुनेछिन् निरुता पनि

फिल्मीखबर, काठमाण्डौ, 2018/09/24
क्राइम-थ्रीलर जनराको फिल्म ‘रोज’ बक्सअफिसमा असफल भएपछि अभिनेता प्रदीप खड्कालाई ठूलो झट्का लागेको छ । सुपरस्टारको दौडमा रहेका उनलाई उक्त फिल्मको नतिजाले अब स्क्रिप्ट छनौटमा चनाखो हुनुपर्ने देखिन्छ । असफलताको पीडा भुल्दै अब उनले नयाँ फिल्म ‘लभ स्टेशन’ को सुटिङ ज्वाइन गर्दैछन् । 
 
 
उक्त फिल्मको सोमबार पशुपति मन्दिरमा मुहूर्त गरिएको छ । यो फिल्ममा उनको जोडी 'लिलिबिली' गर्ल जसिता गुरुङसँग बाँधिएको छ । यो कपल अहिले प्रेममा रहेको चर्चा छ । शुक्रबारबाट फ्लोरमा निस्कने फिल्मको 'क्यामेरा अन' भारतको दार्जिलिङमा हुनेछ ।  
 
 
यसका लागि जम्बो टिम मंगलवार त्यसतर्फ प्रस्थान गर्ने निर्माता गोविन्द शाहीले बताए । प्रदीप र जसिता भने बुधवारमात्र जानेछन् । भेट्रोन निर्देशक उज्वल घिमिरेले निर्देशन गर्ने फिल्मको छायांकन भारतको दार्जीलिङ, कालिङपोङ, सिक्किमलगायत नेपालको पुर्वी भेगका इलाम, फिक्कलमा हुनेछ । 
 
 
५० दिनको छायांकन तालिका रहेको फिल्ममा प्रदीप र जसितासँगै श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाललगायतका कलाकारहरुको अभिनय रहनेछ । पारिवारिक प्रेमकथामा आधारित रहेकाले विगतका फिल्मभन्दा केही पृथक 'लभ स्टेशन' बन्ने प्रदीपले बताए । 
 
 
गएको वर्ष प्रदर्शनमा आएको फिल्म 'लिलिबिली' मा प्रदीप र जसिताको जोडिलाई दर्शकले अत्याधिक रुचाएका थिए । आलोक शुक्लाको छायांकन रहने फिल्ममा शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहनेछ । 
Most Visited News (monthly)