Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जीरो’ असफलताबारे शाहरुख भन्छन्, ‘मैले गलत फिल्म बनाएको हुनसक्छु’

एजेन्सी, मुम्बई, 2019/04/19
 
बलिउड सुपरस्टार शाहरुख खान चीनमा आयोजित नवौं 'बीजिङ इन्टरनेशनल फिल्म फेस्टिवल' मा पुगेका छन् । उनले त्यहाँ आफूनो पछिल्लो फिल्म ‘जीरो’ को असफलताबारे पनि मुख खोलेका छन् । उनले फिल्म असफल हुनुको कारण आफूले सही कहानी छनोटमा चुकेको हुनसक्ने बताएका छन् ।
 
उनी भन्छन्, ‘दुर्भाग्य नै भन्नुपर्छ फिल्म ‘जीरो’ लाई भारतमा खासै राम्रो प्रतिक्रिया मिलेन । मैले सायद गलत फिल्म बनाएको हुनसक्छु वा सही कहानी बनाउनका लागि निर्णय नलिएको हुनसक्छु । यसकारण म यहाँ (चीन) मा केही सजग छु र आशा छ चीनमा यो फिल्मलाई धेरै प्रेम मिल्नेछ ।’  
 
शाहरुख खान, कटरीना कैफ र अनुष्का स्टारर यो फिल्म 'बीजिङ इन्टरनेशनल फिल्म फेस्टिवल' को समापनभन्दा अगाडि देखाइनेछ । चीनमा मिडियासँग कुराकानी गर्दै शाहरुखले आफ्नो फ्यूचर प्रोजेक्ट्सबारेमा पनि कुरा गरेका छन् । उनले आफूले अहिलेसम्म नयाँ प्रोजेक्टका लागि निर्णय लिइनसकेको बताए । 
 
उनी भन्छन्, ‘अझै केही महिना सोचेर मात्र नयाँ पोजेक्टका लागि फैसला लिनेछु किनकि, एक एक्टरको रुपमा मेरो लागि आगामी प्रोजेक्ट निकै उत्साहजनक हुनु पर्नेछ । म दिनमा १६ घण्टा काम गर्छु र यदी मेरो काम मलाई उत्साहित गर्दैन भने म त्यो दिन उठ्नु हुँदैन ।’ उनी हाल आफूलाई राम्रो स्क्रिप्ट नमिलेको बताउँछन् । 
Most Visited News (monthly)