Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जात्रै जात्रा’ पोस्टरमा विपिनदेखि दयाहाङसम्म

फिल्मीखबर, काठमाडौं, 2019/04/19
आउँदो जेठ ३ गतेलाई रिलिज क्यालेन्डर रोजिएको प्रतिक्षीत फिल्म ‘जात्रै जात्रा’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । ‘माया पिरिम’ बोलको गीतले फिल्मको लोभलाग्दो हाइप निर्माण गरिरहेको अवस्थामा निर्माण टिमले शुक्रवार केही रमाइला पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका लिड कलाकार कसैलाई छुटाइएको छैन । 
 
एक पोस्टरमा अभिनेता दयाहाङ राई, विपिन कार्की, कलाकार रविन्द्र झा र रविन्द्र सिंह बानियाँले दुरबिनबाट केही निहालिरहेका छन् । सोही पोस्टरको दायाँतर्फ अभिनेत्री बर्षा राउत, कलाकार राजाराम पौडेललगायत अचम्मित र खुसी हाउभाउमा देखिएका छन् । अर्को पोस्टरमा भने विपिन रिसाएकी वर्षाको हात समातेर तानिरहेका छन् । 
 
 
पोस्टरले पनि धेरै हदसम्म दर्शकलाई फिल्मप्रति कौतुहलता जगाउने देखिन्छ । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । यस फिल्मको ट्रेलर वैशाख १३ गते सार्वजनिक हुँदैछ । फिल्मको दोस्रो गीत 'जीवन जात्रा हो' भने दुई दिनमा युट्युबमा आउँदैैछ । 
 
यस फिल्ममा प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झालगायतका कलाकारहरुको पनि अभिनय छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई शिवराम श्रेष्ष्ठले खिचेका हुन् । यसमा शंकर महर्जन द्वन्द्व निर्देशन छ । निर्देशक भट्टराई आफैंको कथा रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ । 
Most Visited News (monthly)