Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

अभिनेता आर्यन सिग्देललाई पुत्र लाभ

फिल्मीखबर, काठमाण्डौ, 2019/04/19
 
चकलेटी अभिनेता आर्यन सिग्देललाई पुत्र लाभ भएको छ । शुक्रवार दिउँसो साढे १२ बजे श्रीमती सपना भण्डारी सिग्देलले बसुन्धारामा रहेको चिरायु अस्पतालमा पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन् । आजकै दिन पाँच वर्ष अगाडि आर्यनले आफ्नो नामको सिन्दुरले सपनाको सिउँदो भरेका थिए । 
 
आर्यन र सपनाको वि.सं २०७१ साल वैशाख ६ गते प्रेम विवाह भएको थियो । विवाहको ५ औं वर्षगाँठकै दिन सपनाले पहिलो सन्तानलाई जन्म दिएकी हुन् । विवाह अगाडि आर्यन र सपना करीब ४ वर्ष प्रेम सम्बन्धमा थिए । सपना, आर्यनको ‘डाइहार्ट’ फ्यान थिइन् । 
 
 
आर्यनभन्दा सपना ७ वर्ष कान्छी हुन् । गएको महिना मात्र विकासराज आचार्य निर्देशित फिल्म 'हजार जुनीसम्म' को छायांकन सकाएका आर्यन अहिले साम्तेन भुटियाको फिल्म ‘चच हुई’ मा व्यस्त छन् । फिल्मीखबरलाई प्राप्त तश्बिरमा छोरालाई काखमा बोकेर आर्यन खुसी मुद्रामा देखिएका छन् । 
 
शनिबार दिउँसोसम्म अस्पतालबाट सपना छोरासहित डिस्जार्च हुने बताइएको छ । आमा र छोरा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पताल स्रोतले जनाएको छ । केही हप्ता अगाडि सपनाले बेबी बम्प देखाएर श्रीमान् आर्यनसँगको रोमान्टिक तश्बिर फेसबुकमा साझेदार गरेकी थिइन् । 
Most Visited News (monthly)